डडेल्धुरा , १७ असार
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितहरुको उपचारका लागि अग्रमोर्चामा खटिएका कन्सलट्याण्ट फिजिसियन डा. निराजन दत्त शर्मा पौड्यालले आफ्नो एक महिनाको पारिश्रमिक ४३ हजार ५ सय ८० रुपैया डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग स्वरुप प्रदान गरेका छन् ।
डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि जारी सहयोग संकलन अभियानमा डा. शर्माले सहयोग गरेका हुन् ।
डडेल्धुरामा पीसीआर मेसिन स्थापना भएमा सुदूरपश्चिमका ७ वटा जिल्लाका बासिन्दालाई अत्यन्त सहज हुने भएकोले पीसीआर मेसिन स्थापनाका लागि सहयोग गरेको डा. शर्माले बताए ।
ह्युमानिटी फाउण्डेस नेपाल, सुदूर पश्चिम समाज अमेरिका लगायत विश्वका बिभिन्न मुलुकमा रहेका सुदूरपश्चिमेली अगुवा र सुदूर पश्चिम समाजका तर्फबाट डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि थालिएको सहयोग संकलन अभियानमा बिभिन्न संघसंस्था र मनकारी व्यक्तिहरुले सहयोग गरिरहेका छन् ।
Congratulation sir.very good initiative..