बैतडी, ८ जेठ २०७९
बैतडीको पाटन नगरपालिका वडा नं १० को स्वास्थ्यसंस्थामा पहिलो छोरी जन्माउने आमालाई थप प्रोत्साहन भत्ता उपलब्ध गराइने भएको छ ।
नवनिर्वाचित वडा अध्यक्ष धनबहादुर कुँवरले पदभार ग्रहण गर्दै पहिलो छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिने निर्णय भएको बताए ।
वडाभित्रका स्वास्थ्यचौकीमा पहिलो छोरी जन्माउने आमालाई नेपाल सरकारले दिने भत्तामा थप एक हजार भत्ता दिने निर्णय भएको वडा अध्यक्ष कुँवरले बताए ।
छोरा र छोरीबीच हुने विभेदलाई कम गर्नका लागि यो निर्णय गरिएको उनले बताए । उनले भने, छोरी जन्माउने आमालाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन होस भनेर हामीले यो निर्णय गरेका हौं ।यसले छोरा र छोरीबीचको विभेद कम हुने आसा गरेका छौं ।
कुँवरले वडा अध्यक्षमा पदभार ग्रहण गर्दै सबै वडा बासीलाई समान किसिमले वडाबाट सेवा प्रदान गरिने बताए । वडाको समग्र विकासका लागि आफूले पहल गर्ने र यसमा सबै वडाबासीको सहयोग हुनुपर्नेमा उनले जोड दिए । कुवँरले भने वडाबासीहरुले दिएको जनमतको अपमान नहुने गरेर काम गर्छु र यसमा सबैले सहयोग गर्नुहुन्छ भन्ने आसा लिएको छु ।