काठमाडौं, १५ वैशाख २०८०
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५९ जना नर्स सहित १२० जना स्वास्थ्यकर्मी माग भएको छ।
खुल्ला तथा समावेशी प्रतियिगिताबाट पदपूर्ति गर्नका लागि प्रतिष्ठानले शुक्रबार सूचना जारी गरेको छ ।
प्रतिष्ठानले सबैभन्दा धेरै ५९ जना स्टाफ नर्सको माग गरेको छ । जसमा खुल्लातर्फ ३२ र समावेशीतर्फ २७ पदका लागि आवेदन खोलिएको छ। प्राध्यापक २, सहप्राध्यापक ३६ र ५ जना लेक्चर माग गरिएको छ। नर्सिङ सुपर भाइजर, अधिकृत अधिकृत, ल्याब टेक्निसियन लगायत अन्य विभिन्न पदमा गरी १८ जना कर्मचारी मागिएको छ ।सबै पदमा गरी १२० जना कर्मचारी प्रतिष्ठानले माग गरेको छ।