10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन ५
  • Login
  • Register
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

परोपकार तथा स्त्रीरोग अस्पतालमा बर्थिङ सेन्टर र सिमुलेशन ल्याबको उद्घाटन

Nam Raj Bhatta by Nam Raj Bhatta
April 15, 2025
in News
Reading Time: 2 mins read
A A
0
परोपकार तथा स्त्रीरोग अस्पतालमा बर्थिङ सेन्टर र सिमुलेशन ल्याबको उद्घाटन
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २ बैशाख २०८२

परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले बर्थिङ सेन्टर र सिमुलेशन ल्याब सञ्चालनमा ल्याएको छ ।

मंगलबार थापाथलीस्थित रहेको पुरानो भवनमा बर्थिङ सेन्टर र कुपोन्डोलस्थित नयाँ भवनमा सिमुलेशन ल्याबको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका छन् ।20250415 112120 scaled 1

सिमुलेशन ल्याबमार्फत नर्सिङ्ग, अनमी, मिडवाइफ तथा चिकित्सकहरुको सिकाइका लागि उपयोग हुने ल्याबमा उपचारका अभ्यास सञ्चालन गर्न सकिन्छ । बिरामीलाई कुनै असर नपुर्याइकन प्रयोगात्मक सीपबाट दक्ष बनाउने उद्देश्यले निर्मित ल्याबलाई अमेरिकी दातृ संस्था युएसएडमार्फत अमेरिकी च्यारिट One Heart Worldwide ले आर्थिक सहयोग गरेको हो ।20250415 122154 scaled 1

यस ल्याबले देशैभरका मातृ शिशु उपचारमा संलग्न जनशक्तिलाई केन्द्रीयस्तरको स्तरीय तालिम प्रदान गर्न सहजता मिलेको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताए ।

ल्याब उद्घाटन गर्दै मन्त्री पौडेलले आमा र शिशु दुवैको ज्यान सुरक्षित बनाउन क्षमतावान जनशक्ति उत्पादनमा ल्याबले महत्वपूर्ण योगदान खेल्ने विश्वास व्यक्त गरे ।  मातृ शिशुको सुरक्षामा यसले पहिलो महत्वपूर्ण शुरुवात गरेको उनले बताए।

अस्पतालले प्रतिष्ठानसरह मातृ शिशुका क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकासमा योगदान गरिरहेको भन्दै मन्त्री पौडेलले सातै प्रदेशमा यस्ता केन्द्र विकास अघि बढाइने बताउनु भयो ।

मातृशिशु स्याहारका क्षेत्रमा आगामी बजेटमा थप लगानी गर्ने गरी बजेट विनियोजन गर्ने समेत मन्त्री पौडेललेघोषणा गरे । २०१६ सालमा स्थापित अस्पतालले हाल झण्डै पाँच सय शैय्या क्षमतामा बिरामीको उपचार गरिरहेको छ ।20250415 112905 scaled 1

पौडेलले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि अस्पतालले नयाँ भवनबाट विशिष्टीकृत सेवा अन्तर्गत  निसन्तान उपचार सेवा, परिवार नियोजन सेवा र सुरक्षित गर्भपतन सेवा शुरु गरेको निर्देशक डा. अधिकारीले बताए ।  पुरानो भवनको गाइनोकोलोजी सेवासमेत नयाँ भवनमा स्थानान्तरण गरेर सेवा दिने योजना समेत रहेको डा. अधिकारीले बताए ।

बर्थिङ सेन्टरमा यसअघि अस्पतालमा ८ जनाको क्षमता रहेकामा अब थप ४ जनालाई प्रजनन गराउन सक्ने गरी सेवा विस्तार गरिएको छ । दुई मिडवाइफ अधिकृत थपिए पछि अब सेन्टरको क्षमता १२ पुगेको अस्पताल निर्देशक अधिकारीले जानकारी दिए ।

प्रसुति सेवामा सरकारी विशिष्टकृत अस्पतालमा बर्थिङ सेन्टरको क्षमता कम हुँदा सके जति सेवा दिन सकिएको थिएन अब भने थप सहजता प्राप्त भएको अस्पतालले जनाएको छ।

निक साइमन्स इन्स्टिच्युट नेपालकी कार्यकारी निर्देशक डा. अर्चना अमात्यले निक साइमन्सले नेपालका धेरै सरकारी अस्पतालहरुमा बर्थीङ सेन्टरको स्थापना भैसकेको र अझैपनी बाकी रहेका अस्पतालमा छिट्टै बर्थिङ सेन्टर शुरु गर्ने बताइन् ।  20250415 113947 scaled 1

सिमुलेशन प्रयोगशाला उद्‌घाटन समारोहमा
One Heart worldwide का प्रमुख प्रशासकीय अधिकृत सुर्य भट्टले नेपालको मातृ तथा नवजात स्वास्थ्य सेवा प्रणालीमा एक नयाँ अध्याय सुरु गर्न, सिमुलेशन प्रयोगशालाको उद्‌घाटन गरिएको बताए। यो प्रयोगशाला स्थापना One Heart Worldwide को सहकार्यमा, USAID को वित्तीय सहयोग, Laerdal Global Health को प्राविधिक सहयोग, र परोपकार प्रसूति तथा स्त्री अस्पतालको उत्कृष्ट नेतृत्वमा सम्भव भएको हो। यस कार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न सम्पूर्ण सहयात्रीहरूलाई उनले हार्दिक धन्यवाद प्रकट गर्नुभयो।

नेपालले विगत केही दशकमा मातृ तथा नवजात मृत्युदर घटाउने क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि, अझै पनि सुरक्षित प्रसूति सेवा, समयमै उपचार र दक्ष जनशक्ति पुग्नुपर्ने धेरै ठाउँहरू छन्। २०३० सम्म दिगो विकास लक्ष्य (SDGs) अन्तर्गत मातृ मृत्युदरलाई ७० प्रति १ लाख जीवित जन्मभन्दा कममा ल्याउने लक्ष्य हाम्रो साझा सपना हो।

यसै सन्दर्भमा, उद्घाटन गरिएको यो सिमुलेशन प्रयोगशाला एउटा युगान्तकारी पहल हो। यसले स्वास्थ्यकर्मीहरूलाई जोखिमरहित र व्यवहारिक वातावरणमा अभ्यास गर्ने अवसर दिनेछ-जहाँ उनीहरूले आपतकालीन अवस्थाबाट लिएर सामान्य सेवा प्रवाहसम्म, सीप, निर्णय क्षमता, र आत्मविश्वास अभिवृद्धि गर्न सक्नेछन्। यस प्रकारको तालिमले सेवा गुणस्तरमा मात्र होइन, आमाहरूको जीवन रक्षा र नवजात शिशुको सुरक्षित जीवन सुरुवातमा प्रत्यक्ष प्रभाव पार्नेछ।Paropakar 2 scaled 1

यो प्रयोगशाला नमुना प्रयोगशालाको रूपमा विकास हुनेछ, जुन नेपालका अन्य अस्पतालहरूमा पनि विस्तार गर्न सकिने सम्भावना बोकेको छ। यसबाट प्राप्त सिकाइहरू, अनुभवहरू र नतिजाहरूले नेपालभरका स्वास्थ्यकर्मीहरूलाई अझ सक्षम बनाउनेछन्, र हामी हाम्रो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्यहरू पुरा गर्ने दिशामा अझ नजिक पुग्ने पनि उनले बताए।

One Heart Worldwide ले “Network of Safety” मोडलमार्फत विगत केही वर्षदेखि नेपाल सरकारसँग सहकार्य गर्दै मातृ तथा नवजात सेवामा प्रणालीगत सुधार गरिरहेको भट्टले बताए।

यही सहकार्यलाई अझ मजबुत बनाउँदै, हामी स्वास्थ्य मन्त्रालय, विशेषगरी सञ्जाल तथा सीपविकास महाशाखा, परिवार स्वास्थ्य महाशाखा, अस्पताल सेवा महाशाखा, नर्सिङ महाशाखा, लगायत सम्बन्धित सबै निकायप्रति आभार प्रकट तपाईंहरूको दृढ नेतृत्व, नीति निर्माणमा स्पष्ट मार्गदर्शन, र संयोजन क्षमताले गर्दा आज हामी यहाँसम्म आइपुगेको उनले बताए।

USAID लाई हार्दिक धन्यवाद दिदै भट्टले नेपालको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन प्रतिबद्धता र सहयोगका लागि Laerdal Global Health लाई पनि विशेष धन्यवाद दिनुभयो।

हामी सबैले एक साझा प्रतिबद्धता दोहोर्याओं-आमा र नवजात शिशुको जीवन रक्षा गर्न, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्न र सारा नेपालभर गुणस्तरीय सेवा पुर्याउन हामी अझ सशक्त सहकार्य गर्दै अगाडि बढ्‌ने पनि उनले बताए।

Tags: #government of Nepal#Health and population ministryDr Shree prasad adhikariOne Heart worldwideParopakar maternity and women hospital thapathali KathmanduSurya Bhatta
SummarizeShare234ScanTweet146

Related articles

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

by Nam Raj Bhatta
February 11, 2026
0

काठमाडौं, २८ माघ २०८२ नेपाल औषधि उत्पादक संघ एपोनले फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०२६ आयोजना गर्ने जनाएको छ। एपोनले बुधबार पत्रकार...

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
February 10, 2026
0

ललितपुर, २७ माघ २०८२ किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । माघ २२ मा काभ्रेका ५८ वर्षीय पुरुषलाई उनकी ५२...

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
February 10, 2026
0

काठमाडौं, २७ माघ २०८२ काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा हाडजोर्नी समस्या एवं समाधान सम्बन्धि एक दिने स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न भएको छ । हाडजोर्नी समस्याबाट पछिल्लो समय नागरिकहरु दिनप्रतिदिन...

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

by Nam Raj Bhatta
February 10, 2026
0

✍️ डा. सतीश कुमार साहलेक्चरर, सामुदायिक चिकित्सा विभाग KIST मेडिकल कलेज एवम् शिक्षण अस्पताल १. निपाह भाइरस के हो? निपाह भाइरस एक खतरनाक जुनोटिक भाइरस हो जुन जनावरबाट...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • नेपाल औषधिगत बिक्री प्रबन्धक संघले गति लियो

    नेपाल औषधिगत बिक्री प्रबन्धक संघले गति लियो

    589 shares
    Share 236 Tweet 147
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    587 shares
    Share 235 Tweet 147
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

    586 shares
    Share 234 Tweet 147
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

    586 shares
    Share 234 Tweet 147
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    638 shares
    Share 286 Tweet 147

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न
  • काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.