Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ श्रावण ६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

परोपकार तथा स्त्रीरोग अस्पतालमा बर्थिङ सेन्टर र सिमुलेशन ल्याबको उद्घाटन

Nam Raj Bhatta by Nam Raj Bhatta
April 15, 2025
in News
A A
0
परोपकार तथा स्त्रीरोग अस्पतालमा बर्थिङ सेन्टर र सिमुलेशन ल्याबको उद्घाटन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २ बैशाख २०८२

परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले बर्थिङ सेन्टर र सिमुलेशन ल्याब सञ्चालनमा ल्याएको छ ।

मंगलबार थापाथलीस्थित रहेको पुरानो भवनमा बर्थिङ सेन्टर र कुपोन्डोलस्थित नयाँ भवनमा सिमुलेशन ल्याबको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका छन् ।20250415 112120 scaled

सिमुलेशन ल्याबमार्फत नर्सिङ्ग, अनमी, मिडवाइफ तथा चिकित्सकहरुको सिकाइका लागि उपयोग हुने ल्याबमा उपचारका अभ्यास सञ्चालन गर्न सकिन्छ । बिरामीलाई कुनै असर नपुर्याइकन प्रयोगात्मक सीपबाट दक्ष बनाउने उद्देश्यले निर्मित ल्याबलाई अमेरिकी दातृ संस्था युएसएडमार्फत अमेरिकी च्यारिट One Heart Worldwide ले आर्थिक सहयोग गरेको हो ।20250415 122154 scaled

यस ल्याबले देशैभरका मातृ शिशु उपचारमा संलग्न जनशक्तिलाई केन्द्रीयस्तरको स्तरीय तालिम प्रदान गर्न सहजता मिलेको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताए ।

ल्याब उद्घाटन गर्दै मन्त्री पौडेलले आमा र शिशु दुवैको ज्यान सुरक्षित बनाउन क्षमतावान जनशक्ति उत्पादनमा ल्याबले महत्वपूर्ण योगदान खेल्ने विश्वास व्यक्त गरे ।  मातृ शिशुको सुरक्षामा यसले पहिलो महत्वपूर्ण शुरुवात गरेको उनले बताए।

अस्पतालले प्रतिष्ठानसरह मातृ शिशुका क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकासमा योगदान गरिरहेको भन्दै मन्त्री पौडेलले सातै प्रदेशमा यस्ता केन्द्र विकास अघि बढाइने बताउनु भयो ।

मातृशिशु स्याहारका क्षेत्रमा आगामी बजेटमा थप लगानी गर्ने गरी बजेट विनियोजन गर्ने समेत मन्त्री पौडेललेघोषणा गरे । २०१६ सालमा स्थापित अस्पतालले हाल झण्डै पाँच सय शैय्या क्षमतामा बिरामीको उपचार गरिरहेको छ ।20250415 112905 scaled

पौडेलले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि अस्पतालले नयाँ भवनबाट विशिष्टीकृत सेवा अन्तर्गत  निसन्तान उपचार सेवा, परिवार नियोजन सेवा र सुरक्षित गर्भपतन सेवा शुरु गरेको निर्देशक डा. अधिकारीले बताए ।  पुरानो भवनको गाइनोकोलोजी सेवासमेत नयाँ भवनमा स्थानान्तरण गरेर सेवा दिने योजना समेत रहेको डा. अधिकारीले बताए ।

बर्थिङ सेन्टरमा यसअघि अस्पतालमा ८ जनाको क्षमता रहेकामा अब थप ४ जनालाई प्रजनन गराउन सक्ने गरी सेवा विस्तार गरिएको छ । दुई मिडवाइफ अधिकृत थपिए पछि अब सेन्टरको क्षमता १२ पुगेको अस्पताल निर्देशक अधिकारीले जानकारी दिए ।

प्रसुति सेवामा सरकारी विशिष्टकृत अस्पतालमा बर्थिङ सेन्टरको क्षमता कम हुँदा सके जति सेवा दिन सकिएको थिएन अब भने थप सहजता प्राप्त भएको अस्पतालले जनाएको छ।

निक साइमन्स इन्स्टिच्युट नेपालकी कार्यकारी निर्देशक डा. अर्चना अमात्यले निक साइमन्सले नेपालका धेरै सरकारी अस्पतालहरुमा बर्थीङ सेन्टरको स्थापना भैसकेको र अझैपनी बाकी रहेका अस्पतालमा छिट्टै बर्थिङ सेन्टर शुरु गर्ने बताइन् ।  20250415 113947 scaled

सिमुलेशन प्रयोगशाला उद्‌घाटन समारोहमा
One Heart worldwide का प्रमुख प्रशासकीय अधिकृत सुर्य भट्टले नेपालको मातृ तथा नवजात स्वास्थ्य सेवा प्रणालीमा एक नयाँ अध्याय सुरु गर्न, सिमुलेशन प्रयोगशालाको उद्‌घाटन गरिएको बताए। यो प्रयोगशाला स्थापना One Heart Worldwide को सहकार्यमा, USAID को वित्तीय सहयोग, Laerdal Global Health को प्राविधिक सहयोग, र परोपकार प्रसूति तथा स्त्री अस्पतालको उत्कृष्ट नेतृत्वमा सम्भव भएको हो। यस कार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न सम्पूर्ण सहयात्रीहरूलाई उनले हार्दिक धन्यवाद प्रकट गर्नुभयो।

नेपालले विगत केही दशकमा मातृ तथा नवजात मृत्युदर घटाउने क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि, अझै पनि सुरक्षित प्रसूति सेवा, समयमै उपचार र दक्ष जनशक्ति पुग्नुपर्ने धेरै ठाउँहरू छन्। २०३० सम्म दिगो विकास लक्ष्य (SDGs) अन्तर्गत मातृ मृत्युदरलाई ७० प्रति १ लाख जीवित जन्मभन्दा कममा ल्याउने लक्ष्य हाम्रो साझा सपना हो।

यसै सन्दर्भमा, उद्घाटन गरिएको यो सिमुलेशन प्रयोगशाला एउटा युगान्तकारी पहल हो। यसले स्वास्थ्यकर्मीहरूलाई जोखिमरहित र व्यवहारिक वातावरणमा अभ्यास गर्ने अवसर दिनेछ-जहाँ उनीहरूले आपतकालीन अवस्थाबाट लिएर सामान्य सेवा प्रवाहसम्म, सीप, निर्णय क्षमता, र आत्मविश्वास अभिवृद्धि गर्न सक्नेछन्। यस प्रकारको तालिमले सेवा गुणस्तरमा मात्र होइन, आमाहरूको जीवन रक्षा र नवजात शिशुको सुरक्षित जीवन सुरुवातमा प्रत्यक्ष प्रभाव पार्नेछ।Paropakar 2 scaled

यो प्रयोगशाला नमुना प्रयोगशालाको रूपमा विकास हुनेछ, जुन नेपालका अन्य अस्पतालहरूमा पनि विस्तार गर्न सकिने सम्भावना बोकेको छ। यसबाट प्राप्त सिकाइहरू, अनुभवहरू र नतिजाहरूले नेपालभरका स्वास्थ्यकर्मीहरूलाई अझ सक्षम बनाउनेछन्, र हामी हाम्रो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्यहरू पुरा गर्ने दिशामा अझ नजिक पुग्ने पनि उनले बताए।

One Heart Worldwide ले “Network of Safety” मोडलमार्फत विगत केही वर्षदेखि नेपाल सरकारसँग सहकार्य गर्दै मातृ तथा नवजात सेवामा प्रणालीगत सुधार गरिरहेको भट्टले बताए।

यही सहकार्यलाई अझ मजबुत बनाउँदै, हामी स्वास्थ्य मन्त्रालय, विशेषगरी सञ्जाल तथा सीपविकास महाशाखा, परिवार स्वास्थ्य महाशाखा, अस्पताल सेवा महाशाखा, नर्सिङ महाशाखा, लगायत सम्बन्धित सबै निकायप्रति आभार प्रकट तपाईंहरूको दृढ नेतृत्व, नीति निर्माणमा स्पष्ट मार्गदर्शन, र संयोजन क्षमताले गर्दा आज हामी यहाँसम्म आइपुगेको उनले बताए।

USAID लाई हार्दिक धन्यवाद दिदै भट्टले नेपालको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन प्रतिबद्धता र सहयोगका लागि Laerdal Global Health लाई पनि विशेष धन्यवाद दिनुभयो।

हामी सबैले एक साझा प्रतिबद्धता दोहोर्याओं-आमा र नवजात शिशुको जीवन रक्षा गर्न, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्न र सारा नेपालभर गुणस्तरीय सेवा पुर्याउन हामी अझ सशक्त सहकार्य गर्दै अगाडि बढ्‌ने पनि उनले बताए।

Tags: #government of Nepal#Health and population ministryDr Shree prasad adhikariOne Heart worldwideParopakar maternity and women hospital thapathali KathmanduSurya Bhatta
Nisarga hospital Dhangadhi
Previous Post

रुपा गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गरिदिने

Next Post

दन्त सामग्री बितरक संघले काठमाडौंमा तेस्रो ‘नेपडेन्ट’ सम्मेलन गर्दै

Related articles

भदौ महिना भित्र स्वास्थ्य बीमाको सम्पूर्ण रकम भुक्तानी गरिन्छ: स्वास्थ्यमन्त्री
News

भदौ महिना भित्र स्वास्थ्य बीमाको सम्पूर्ण रकम भुक्तानी गरिन्छ: स्वास्थ्यमन्त्री

1 day ago
781
नोबेल अस्पतालमा निकालियो १५ वर्षीय बालकको आन्द्राबाट कैंची
News

नोबेल अस्पतालमा निकालियो १५ वर्षीय बालकको आन्द्राबाट कैंची

1 day ago
830
नागरिक अस्पतालमा सिटि स्क्यान उद्घाटनको अवसरमा १५ प्रतिशत छुट
News

नागरिक अस्पतालमा सिटि स्क्यान उद्घाटनको अवसरमा १५ प्रतिशत छुट

2 days ago
800
नागरिक कम्युनिटी अस्पताल भक्तपुरमा अत्याधुनिक सीटी स्क्यान सेवा शुभारम्भ
News

नागरिक कम्युनिटी अस्पताल भक्तपुरमा अत्याधुनिक सीटी स्क्यान सेवा शुभारम्भ

2 days ago
976
अल नेपाल हस्पिटल र लायन्स क्लब अफ काठमाडौं सेन्टर लुम्बिनी द्वारा रक्तदान कार्यक्रम
News

अल नेपाल हस्पिटल र लायन्स क्लब अफ काठमाडौं सेन्टर लुम्बिनी द्वारा रक्तदान कार्यक्रम

2 days ago
785
स्वास्थ्य क्षेत्र सुधार गर्नको लागि ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय
News

स्वास्थ्यमन्त्री पौडेलको एक वर्षः स्वास्थ्यमा सुधारका नीतिगत निर्णय

3 days ago
783
Next Post
दन्त सामग्री बितरक संघले काठमाडौंमा तेस्रो ‘नेपडेन्ट’ सम्मेलन गर्दै

दन्त सामग्री बितरक संघले काठमाडौंमा तेस्रो ‘नेपडेन्ट’ सम्मेलन गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,151)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...