काठमाडौं, १० चैत २०७८
त्रिपुरेश्वर स्थित नेपाल आखाँ अस्पतालले विश्व दृष्टि दिवस(WORLD OPTOMETRY DAY)का Optometry तेस्रो वर्ष र चौथो वर्षका विद्यार्थीहरुले आखाँ बारे विभिन्न प्रदर्शनी गरेर बिरामीलाई निःशुल्क परामर्श गरी मनाएको छ।
कार्यक्रममा विद्यार्थीले पाँचओटा ग्रुप बनाइ सबै ग्रुपले आफ्नो आफ्नो प्रस्तुति दिएका छन् ।
भिटामिन ए काे कमी, उक्त रक्तचाप र त्यसको आँखामा असर, कन्ट्याक्ट लेन्स, दृष्टि दोष (Myopia, Hypermetropia), computer vision syndrome जस्ता शीर्षकमा प्रदर्शनी गरेर बिरामीलाई निःशुल्क परामर्श गरेको अस्पतालले जनाएको छ।
अस्पतालमा आउने बिरामीहरुलाई यस बारे जानकारी दिई सो कार्यक्रम सफल भएको अस्पतालले जनाएको छ।