काठमाडौं, १४ चैत २०७८
शनिबार भएको नेपाल दृष्टि विशेषज्ञ संघको १६ औं साधारण सभाबाट अध्यक्षमा निरज देव जोशी सर्वसम्मत निर्वाचित भएका छन्।
त्यसैगरी उपाध्यक्षमा राजु कैती, सचिबमा दिपक कुमार शाह, सहसचिव मुकेश कुमार झा, कोषाध्यक्षमा जुनु श्रेष्ठ निर्वाचित हुनुभएको छ।
त्यस्तै सदस्यहरुमा निरन्जन सरण, बिनेश गौतम, स्तुति आचार्य, पुष्पा खड्का, जय सुन्दर सुनरैत, कृष्ण कुमार धनकोटी, मोनिका मन्डल र सुरज क्षेत्री रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्रालयका नीति तथा अनुगमन महाशाखाका डा. गुणनिधि शर्मा, अध्यक्षता नेपाल अप्थाल्मिक सोसाइटीका अध्यक्ष प्राडा. रोहित सैजु, विशिष्ट अथिति नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनाल, विशिष्ट अथिति नेपाल नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा. शैलेस कुमार मिश्र र नेपाल नेत्र सहायक परिवारका उपाध्यक्ष कुमार श्रेष्ठको उपस्थित रहेको थियो।