आज मिति : २०८२ जेष्ठ १९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

वीर अस्पतालमा १४ वर्षपछि ओपन हार्ट सर्जरी शुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
August 31, 2022
in News
A A
0
वीर अस्पतालमा १४ वर्षपछि ओपन हार्ट सर्जरी शुरु
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १५ भाद्र २०७९

वीर अस्पतालमा १४ वर्षदेखि रोकिएको ओपन हार्ट सर्जरी सेवा पुनः सुरु भएको छ ।

गत बिहीबार मुटु शल्यचिकित्सक डा. किरण श्रेष्ठ नेतृत्वको टोलीले २१ वर्षीया युवतीको ओपन हार्ट सर्जरी गरेको हो ।

दोलखाकी एक युवती दुई साता अघि सामान्य जाँचका लागि अस्पताल आएको परीक्षणको क्रममा मुटुमा जन्मजात प्वाल रहेको थाहा भएपछि शल्यक्रिया गरिएको अस्पताल प्रमुख डा. भुपेन्द्रकुमार बस्नेतले बताए ।

डा. बस्नेतका अनुसार अस्पतालले गरेको मुटुको यो शल्यक्रिया ९९ औं हो । यसभन्दा अगाडि १४ बर्षअघि ओपन हार्ट सर्जरी भएको थियो । उपकरण बिग्रिएसँगै शल्यक्रिया रोकिएको थियो। पुराना उपकरण मर्मत र नयाँ उपकरण पनि ल्याएका छौं । अब नियमित रूपमा ओपन हार्ट सर्जरी गर्छौं ।

शल्यक्रिया गरिएकी युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको र बुधबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा शल्यक्रियाका लागि आवश्यक उपकरण र पर्याप्त जनशक्ति भएकाले अबदेखि यो सेवा नियमित दिन सकिने डा. बस्नेतको भनाई छ । अब कम्तीमा हप्ताको दुई वटा ओपन हार्ट सजरी गर्ने तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

शल्यक्रियामा ओपन हार्ट विभागीय प्रमुख डा. किरण श्रेष्ठ, हार्ट सर्जन डा. दीक्षा जोशी, डा. दिनेश चापागाईं सहभागी थिए । त्यस्तै एनेस्थेसिया टिममा डा. रविराम श्रेष्ठ, डा. प्रदीपराज वैद्य, डा. सुरेन्द्र भुसाल, डा. एलन अमात्य, डा. रोमन कार्की थिए ।

नर्सिङ टिममा संगीता श्रेष्ठ, मुना श्रेष्ठ, उजेली पछाई, नविता देवकोटा र कार्डियोलोजी टोलीमा डा. समीर पौडेल, डा. प्रभा चापागाई, डा. विनायक गौतमको टिम थियो ।

त्यसैगरी गंगालालबाट डा. रवीन्द्रभक्त तिमिलाको नेतृत्वमा डा. आशिष गोविन्द अमात्य, डा. स्मृति बज्राचार्य, डा. कुञ्जन शेर्पा, नर्स प्रतिमा आचार्य, शकुन्तला महत, प्रिफ्युजनिष्ट प्रेमकान्त चौधरी र उमेश खान सहितको टोलीले सहयोग गरेको थियो ।

अस्पतालमा मुटु रोग सम्बन्धी समस्या लिएर दैनिक एक सयभन्दा बढी बिरामी आउने छन् ।

त्यसैगरी अबको केही महिनामा नै अस्पतालबाट क्याथ ल्याब सेवासमेत दिने सकिने डा. बस्नेतले बताए । अबको दुई–तीन महिनाभित्र क्याथ ल्याबबाट सेवा दिनेछौं।

Tags: #government of NepalBir HospitalCorona Virus #Covid19Dr. Bhupendra Kumar basnetDr. Binayak gautamOpen heart surgery
Nisarga hospital Dhangadhi
Previous Post

निर्देशक र लेखा अधिकृतलाई हटाउन माग गर्दै कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा

Next Post

स्वास्थ्य सेवा समुहको एघारौं तहका कर्मचारीको पदस्थापन, व्यवस्थापन महाशाखामा डा. शर्मा

Related articles

जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर
News

जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर

7 hours ago
833
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई ९० दिनको लागि रोजगारीको अवसर

8 hours ago
789
नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित
News

नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित

12 hours ago
827
स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित
News

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित

1 day ago
819
पाल्पा पूर्णखोप सुनिश्चितता, दिगोपनायुक्त जिल्ला
News

पाल्पा पूर्णखोप सुनिश्चितता, दिगोपनायुक्त जिल्ला

2 days ago
783
नेपाल डेन्टल एशोसिएसनको निर्वाचन आज काठमाडौ उपत्यका भित्र हुँदै
News

नेपाल डेन्टल एशोसिएसनको निर्वाचन आज काठमाडौ उपत्यका भित्र हुँदै

2 days ago
811
Next Post
दुर्गम क्षेत्रमा डा. शर्माको १५ वर्षे अनुभव

स्वास्थ्य सेवा समुहको एघारौं तहका कर्मचारीको पदस्थापन, व्यवस्थापन महाशाखामा डा. शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,051)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.