काठमाडौं, ३१ भाद्र २०७७
विश्वब्यापी महामारीको समयमा अनलाइनबाटै भएपनि नेपाल औषधि बिक्री प्रबन्धक (पिन) ले ५ सय ब्यबस्थापकलाई तालिम दिएको छ। पिनका महासचिव तेज नारायण श्रेष्ठको संयोजकत्वमा प्रशिक्षण भएको थियो।
गत शनिबार भएको अनलाईन भर्चुअल बैठकमा गान्धी प्रसाद शर्माको अध्यक्षतामा , नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष नारायण बहादुर क्षेत्रीको प्रमुख अतिथि र एप्पोनकै बरिष्ठ उपाध्यक्ष महेश प्रधानको विशिष्ठ अतिथि मा तालिम भएको थियो।
अनलाईनमा नेपाल औषधि बिक्री प्रबन्धक संगठन (पिन) अध्यक्ष शर्माले सर्वप्रथम कोरोना महामारीमा पहिलोपटक यस्तो बैठक गर्न सफल भएकोमा प्रमुख अतिथि , विशिष्ट अथिति लगायत पिनका सबै सदस्यहरूलाई धन्यवाद र शुभकामना व्यक्त गर्नुभयो। एसियन , डिजेपिएल , नेपाल फर्मास्यूटिकल्स, क्यूबिडि , नेशनल हेल्थ केयर र क्याडिला हेल्थ केयर जस्ता कम्पनीबाट सय प्रतिशत सहकार्य गरेकोमा पनि धन्यवाद दिनुभयो। स्वदेशी तथा विदेशी कम्पनीका निर्देशकहरुले पिन प्रति निभाएको भुमिका प्रति आभार प्रकट गर्नु भएको बताए।
पिनका सल्लाहकार दिपेश प्रधानले अनलाइन कार्यक्रममा यस्तो लडाउन भएपनि औषधिगत बिक्री प्रबन्धक संगठनले ५ सय ब्यबस्थापक सँग तालिम गराउन सक्नु गाैरबको बिषय भएको बताउनु भयो। प्रधानले अनलाइनको तालिम , ब्यबस्थापन एकदम राम्रो रहेकोमा प्रमुख अतिथि, विशिष्ट अथिति लगायत पिनका सबै सदस्यहरूलाई धन्यवाद दिनुभयो।
निर्वतमान सभापति सुरजित दत्तले यस्तो विषम परिस्थितिमा पनि पिनले अनलाइनको माध्यमबाट भएपनि ब्यबस्थापनको बिकास भएको र सदस्य हरुले पनि सहभागिता जनाएकोमा आभार प्रकट गर्नु भएको छ। उनले भने अझै अगामी दिनमा पिनको बर्तमान कार्यसमितिले समस्याका चुनौती हरुको सामना गर्न सक्छ भन्ने पूर्ण दृढता हुनेछ।
निर्वतमान कानुनी सल्लाहकार डि. के पोखरेलले पिनले गरेको अनालाइन भर्चुअल बैठकबाट यति ठुलो ५ सय प्रबन्धकहरुले एकै पटक सहभागिता जनाउनु भएकोमा खुसी व्यक्त गर्नुभयो।
एप्पोनका वरिष्ठ उपाधक्ष महेश प्रधानले कार्यक्रमको अत्यन्तै सफलताको कामना ब्यक्त सहित सम्पूर्ण प्रबन्धकहरू परिवर्तनका संवाहकहरु हुन् र यस्तो विषम परिस्थितिमा पनि प्रबन्धक हरुको अझै महत्व बढेको बताए ।
एप्पोनका अध्यक्ष नारायण बहादुर क्षेत्रीले पिनले मलाई प्रमुख अतिथिको रुपमा निम्त्याउन भएकोमा आभार प्रकट गर्नुभयो। पिनले पोखरा, नारायणघाट र जनकपुरमा नयाँ कार्यसमिति बनाएर प्रगति हुँदै गएकोमा बधाई दिएका छन्।
उनले भने ; अब डिजिटल मार्केटिङ कसरी गर्ने र कोभिडको समयमा कसरी काम गर्ने , औषधिको क्षेत्रलाई अझै मर्यादित कसरी बनाउने भन्ने कुरामा जोड दिनुपर्ने बताए। साथै औषधिलाई मर्यादित बनाउन पिन सँग एप्पोन सहकार्य गरेर अगाडि बढ्ने बताए।
उक्त कार्यक्रमको प्रशिक्षण दिवाकर रिजाले गर्नुभएको थियो।
Comments 1