काठमाडौं, २ भाद्र २०७९
नेपालमा पहिलोपटक प्राइभेट ओम समाज डेन्टल हस्पिटलले Zygomatic इम्प्लान्ट सर्जरी सेवा सुरु गरेको छ ।
ओम समाज डेन्टल हस्पिटलमा कार्यरत तीन जना ओरल एण्ड म्याकजिलोफेसिएल् सर्जनहरुको टीमले यो सेवा संचालनमा ल्याएको हो । अन्तराष्ट्रिय स्तरमा केहि बर्षअघि यो बिधि धेरै प्रयोगमा आएता पनि नेपालमा प्राइभेट हस्पिटल ओम समाज डेन्टल अग्र स्थानमा रहेको छ ।

यो बिधि अनुसार दाँत रोप्दा गालाको हड्डीको सहयोगमा दाँत रोपिने, तथा सामान्यतया दाँतलाई नचलाईकन हाडमै रोपिने (प्रत्यारोपण) गर्दा हड्डीको समस्या, जबडाको समस्या भएर दाँत प्रत्यारोपण गर्ने नमिलेका बिरामीले दुई, तिन घण्टाको समयमा यो बिधि द्वारा सजिलै रोप्न सकिने डा. सुभाष घिमिरेले बताउनुभयो ।
दाँत नभएकाको लागि दाँत राख्ने धेरै प्रकारका बिधिहरु छन तर पनि प्रत्यारोपण गरि कृतिम दाँत राख्न खोज्ने तर दाँत रोप्ने हड्डी खीइएका वा कमजोर भएका व्यक्तिका लागी यो बिधि एकदमै राम्रो बिधि मानिएको छ ।
ओरल एण्ड म्याजिलोफेसिएल् सर्जनहरुको टीममा डा.सुबास घिमिरे, डा. कुसल बिम्ब तथा डा. सुरेन्द्र आचार्य रहेका थिए ।