Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

ॐ हस्पिटलमा बिबिध कार्यक्रम सहित इन्टरन्यासनल नर्सेस डे २०२६ मनाइयो

Nam Raj Bhatta by Nam Raj Bhatta
May 12, 2026
in News
Reading Time: 1 min read
A A
0
ॐ हस्पिटलमा बिबिध कार्यक्रम सहित इन्टरन्यासनल नर्सेस डे २०२६ मनाइयो
589
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

आज १२ मे विश्वभर (इन्टरन्यासनल नर्सेस डे) अन्तर्राष्ट्रिय नर्स दिवस मनाइएको छ । विश्व नर्स दिवसको यस बर्षको नारा ‘आवर नर्सेस आवर फ्युचर, इम्पावर्ड नर्सेस सेभ लाइफ’ रहेको छ ।

यसै सन्दर्भमा काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा पनि हरेक बर्ष झै बिबिध कार्यक्रम सहित यो दिवस मनाइएको छ ।

हस्पिटलका अध्यक्ष समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठको प्रमुख अतिथ्यमा तथा ॐ हस्पिटलकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा ॐ हस्पिटलको नर्सिङ विभागका तर्फबाट विविध कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।FB IMG 1778589806926

कार्यक्रममा नर्स दिवसको महत्व र नर्सहरुको जिम्मेवारी बारे जानकारीमूलक प्रस्तुतिहरुसँगै नर्स दिवसको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा ॐ हस्पिटलका संचालक समेत रहनुभएका वरिष्ठ स्त्री तथा प्रसुती विशेषज्ञ प्रा. डा. जागेश्वर गौतम, ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत, अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशी तथा ॐ हस्पिटल कर्मचारी युनियनका संरक्षक केशव प्रसाद चौलागाईँले शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी, नर्सिङ विभाग अन्तर्गत बिभिन्न वार्डमा कार्यरत नर्सिङ स्टाफहरुका तर्फबाट बक्तृत्वकला, हाजिरी जवाफ, नाटक लगायतका बिबिध मनोञ्जनात्मक कार्यक्रमहरुपनि प्रस्तुत गरिएको थियो ।

हाजिरी जवाफ प्रतियोगितामा जिन वाट्सन समूह प्रथम स्थान, फ्लोरेन्स नाइटिङ्गेलले द्वितिय स्थान, न्यूम्यान्स समूहले तृतिय र लिडिया हल समूहले चौथो स्थान हाँसिल गरेका थिए ।

त्यसैगरी, ‘आवर नर्सेस आवर फ्युचर, इम्पावर्ड नर्सेस सेभ लाइफ’ शिर्षकमा आयोजित बक्तृत्वकला प्रतियोगितामा पोष्ट अपरेटिभ वार्डबाट सहभागि हुनुभएकी रजिष्टर्ड नर्स रेखा भुषालले प्रथम स्थान हाँसिल गर्नुभएको थियो ।

लेवर रुमबाट सहभागि हुनुभएकी रजिष्टर्ड नर्स स्मृती रोकायाले द्वितिय स्थान हाँसिल गर्नुभएको थियो भने मेडिकल वार्डवाट सहभागिता जनाउनु भएकी रजिष्टर्ड नर्स पूजा अर्यालले तृतिय स्थान हाँसिल गर्नुभएको थियो ।

त्यसैगरी, विरामीको सेवामा अहोरात्र खट्ने नर्सहरुको कथाव्यथा सहितको विशेष नाटकको सुत्राधार इन्फेक्सन कन्ट्रोल विभागकी नर्सिङ इन्चार्ज इच्छा थापा मगर हुनुहुन्थ्यो । उहाँलाई अभिनयमा विभिन्न विभागका नर्सहरु तथा कर्मचारीहरु मञ्जु मेहता, रुस्मिता थापा, समिक्षा सुनार, कमला चौलागाँई, साभ्या सिंह,अप्सरा बस्नेत, सविता खनाल, सुमी गौतम, प्रिया दाहाल लगायतले साथ दिनुभएको थियो ।

नाटकमा नर्सहरुको मनोदशा र काम गर्दा समाना गर्नुपर्ने चुनौतीहरु, विरामी विरामीका आफन्त तथा नर्सको सम्वन्ध, प्रशासकको साथ सहयोग र उपचारपछिको खुशी लगायतका विषयमा यथार्थपरक जानकारी समेटिएको थियो ।

कार्यक्रम सघन उपचार कक्षमा कार्यरत रजिष्टार नर्सहरु एलियाना ढकाल र श्रद्धा अधिकारीले संचालन गर्नुभएको थियो ।

Tags: HappyInternationalDayOm Hospital and research centre
SummarizeShare236ScanTweet147

Related articles

बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

by Nam Raj Bhatta
September 11, 2026
0

हालै गएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७, रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज् र मनमोहन मेमोरियल...

नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त

by Nam Raj Bhatta
September 11, 2026
0

सरकारले नेपाल औषधी लिमिटेडमा रिक्त रहेको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ । बिहीवार  बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त अध्यक्ष पदमा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।...

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

by Nam Raj Bhatta
September 10, 2026
0

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन जना पदाधिकारी नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले न्याम्सको डिनमा डा. विकास विक्रम अधिकारी, रेक्टरमा डा. रविराम...

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

by Nam Raj Bhatta
September 9, 2026
0

नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयबाट ‘डब्लुएचओ’ ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ प्राप्त गरेको छ । दिली, तिमोर–लेस्तेमा आयोजित...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    876 shares
    Share 350 Tweet 219
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    704 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    694 shares
    Share 299 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    646 shares
    Share 258 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    698 shares
    Share 310 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी
  • बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त
  • ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.