काठमाडौं, २५ माघ २०७८
नेपाल नर्सिङ परिषद्ले यस वर्षको अन्तिम नर्सिङ तथा मिडवाइफ्रि लाइसेन्सको परीक्षा आउँदो चैत १२ गते गर्ने भएको छ ।
परिषद्ले परीक्षामा सहभागी हुनका लागि माघ २६ देखि फागुन २६ सम्म फारम खुलाउने भएको छ। परिषदले तोकिएको समयमा फारम भर्न छुटेकाहरुले दोब्बर दस्तुर तिरेर फागुन २७ देखि चैत ३ गते सम्म भर्न सक्नेछन्।
परीक्षामा सहभागी हुनका लागि नर्सिङ तर्फ पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ तथा मिडवाइफ्री तर्फ बीएमएस पास गरेको हुनु पर्नेछ ।
परिषदले नर्सलाई ३१०० रुपैयाँ र विलम्ब शुल्कको रुपमा ६१०० रुपैयाँ शूल्क तोकेको । मिडवाइफहरुको शुल्क ४१०० रुपैयाँ र विलम्ब शुल्क ८१०० रुपैयाँ तोकेको परीषदले जनाएको छ ।
परीक्षामा १५० वटा प्रश्न सोधिने र त्यसमा ५० प्रतिशत अंक ल्याएपछि पास भइने समेत परिषदले जनाएको छ ।
परीक्षा २ घण्टा ३० मिनेटको हुनेछ।