काठमाडौं , १९ चैत्र २०७७
सरकारी क्षेत्रमा कार्यरत नर्सिङ संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको छ। बुधबार गई ‘सरकारी नर्सिङ संघ’ (गोनान) कल्पना श्रेष्ठको अध्यक्षतामा १७ जनाको तदर्थ समिति गठन गरेको छ।
संघको उपाध्यक्षमा रमिला चौलागाईं,महासचिवमा राजकुमारी ज्ञवाली, सचिव मित्रा देवकोटा, कोषाध्यक्ष प्रमिला थकाली रहेका छन् । र अन्य १२ जना सदस्य छन्। ‘सरकारी नर्सिङ संघ’ ( गोनान) कि अध्यक्ष कल्पना श्रेष्ठले संघले सरकारी सेवामा कार्यरत नर्सहरुको हकहितका लागि काम गर्ने जानकारी दिनुभयो।
अबको तीन महिनाभित्रमा अधिवेशन गर्ने र सबै जिल्लाका संघठन विस्तार गर्दै लैजाने अध्यक्ष श्रेष्ठले बताएकी छन्।
यसमा सदस्यताको लागि सरकारी संस्थामा आबद्ध र निवृत्तभरण हुनु भएका एएनएमस र स्टाफ नर्स , नर्सिङ कार्यालय सबै समावेश गरिनेछ।
सदस्यताको लागि जीवन सदस्य रु २५ सय रुपैयाँ र साधारण सदस्यताको लागि रु ५ सय राखिएको छ । देशैभरिको नर्सलाई यो संघमा आबद्ध हुनको लागि बिनम्र अनुरोध पनि गरेको अध्यक्ष श्रेष्ठले बताएकी छन्।
Comments 1