काठमाडौं, १८ असार २०७८
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले २५० जना जन प्रयोगशाला कर्मीलाई पिसिआर सम्बन्धी तालिम प्रदान दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कोभिड महामारी विरुद्ध प्रति कार्यका लागि आवश्यक पर्न सक्ने जनशक्तिको सुची तयार गरी तयारी अवस्थामा राख्नुको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले Lab assistant, Microbiologist, Biochemistry , pathologist लगायत २५० भन्दा बढी प्रयोगशाला कर्मी तथा चिकित्सकलाई असार १४ गतेदेखि असार १८ गते सम्म आवश्यक तालिम प्रदान गरिएको प्रयोगशालाका सुचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिनुभयो।
उक्त जनशक्तिलाई आवश्यक परेको बेला तुरुन्तै कोभिड -१९ पिसिआर sample Collection ,व्यवस्थापन तथा पिसिआर परीक्षणको लागि खटाउन सकिने गरी Online Orientation तालिम गरिएको गुप्ताले बताए ।
सो तालिममा श्रोत व्यक्तिको रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा, प्रमुख मेडिकल टेक्नोलोजिष्ट लिलि श्रेष्ठ, सह प्रमुख प्याथोलोजिष्ट डा. रेखा मानन्धर, डा. शंकर काफ्ले, डा. ज्वलन्त पौडेल, ज्योति आचार्य लगायतले प्रशिक्षण दिनु भएको थियो।