काठमाडौं, १५ असार २०८०
काठमाडौंका विभिन्न सार्वजनिक स्थल र विद्यालयहरुमा अब सार्वजनिक स्थलमा धुम्रपान निषेधित क्षेत्र समेटिएको सूचना बोर्डन निषेधित क्षेत्र समेटिएको सूचना वोर्ड टाँसिएको छ । सुर्तिजन्य पदार्थ नियन्त्रणको अभियान अन्तर्गत् काठमाडौं उपत्यकाका विद्यालय र सार्वजनिक स्थलहरुमा धुम्रपान निषेधित क्षेत्रको सूचना टाँस गरिएको हो ।
काठमाडौं, ललीतपुर र भक्तपुर जिल्लाका विभिन्न सार्वजनिक स्थल र विद्यालय क्षेत्रहरुमा धम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन स्वास्थ्यका लागि हानिकारक छ भन्ने जस्ता पम्प्लेट, होर्डिंगबोर्ड जस्ता सूचना सामग्री टाँसिएको हो । यस्ता जनचेतनामुलक कार्यक्रमले धुम्रपान नियन्त्रणको अभियानलाई सघाउ पुर्याउने अपेक्षा लिइएको छ ।
एक्टिभ नेपालको आयोजना र नेपाल सरकार स्वास्थ्य कर कोषको सचिवालयको सहयोगमा भएको कार्यक्रममा सहभागिहरुले धुम्रपान स्वास्थ्यका लागि हानिकारक भएको भन्दै यसको नियमन आवश्यक रहेको बताएका छन् । सहभागीहरुले सूर्तिजन्य पदार्थमा लगाइएको करको दायरालाई बृद्वि गर्नुपर्ने आवाज उठाएका थिए । धुम्रपान तथा सुर्तिजन्य पदार्थ नसर्ने रोगको पनि कारण रहेको भन्दै सचेतना फैलाउनुपर्ने सहभागीको जोड छ ।
एक्टिभ नेपालका अध्यक्ष यमनाथ मैनालीको अध्यक्षता एवं विभिन्न समाजसेवी, बुद्धिजीवी, स्थानीय जनप्रतिनिधि, सरोकारवाला समूहको उपस्थितिमा सचेतना कार्यक्रम संचालन भएको हो ।