ललितपुर, १६ भाद्र २०८०
सानेपा स्थिति टिका विद्याश्रम माविमा नर्भिक इन्टरनेसनल हस्पिटलको प्राविधिक सहयोगमा एक दिने बृहत् निशुल्क स्वास्थ्य शिविरबाट २ सय भन्दा बढी लाभान्वित भएका छन्।
शनिबार ललितपुर महानगरपालिका वडा नं २ स्वास्थ्य कार्यान्वयन समिति सानेपाको आयोजनामा वडा नं २ को जनस्वास्थ्य शाखाको सहकार्य र नर्भिक इन्टरनेसनल हस्पिटलको प्राविधिक सहयोगमा एक दिने बृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।
उक्त निशुल्क स्वास्थ्य शिविरमा नर्भिक इन्टरनेसनल हस्पिटलका नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा. डा. मिरा बिष्ट, बालरोग विशेषज्ञ डा. प्रदिप गुप्ता र डा. अन्जली बगारिया, मुटुरोग, मुटुरोग विशेषज्ञ डा. पराग कार्की, जनरल फिजिसियन डा. सुनिला शाक्य र स्त्रीरोग विशेषज्ञ डा. सबिना अर्यालले बिहान बजे देखी १ बजे सम्म सेवा दिनुभएको अस्पतालका डिप्युटी डाइरेक्टर रबी चौधरीले जानकारी दिनुभयो।
शिविरमा सामुदाय प्रहरीको साझेदारी सामुदायीक सेवा प्रहरी र वडा नं २ का अध्यक्ष, विद्यालयका अभिभावको समेत उपस्थिति रहेको थियो।