आज मिति : २०८२ पुष ९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

पौवादुङमा गाउँपालिकाले नसर्ने रोगका बिरामीको पहिचान गर्दै

Nam Raj Bhatta by Nam Raj Bhatta
March 12, 2025
in News
A A
0
पौवादुङमा गाउँपालिकाले नसर्ने रोगका बिरामीको पहिचान गर्दै
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

भोजपुर, २८ फागुन २०८१

पौवादुङमा गाउँपालिकाले समाजमा लुकेर रहेका नसर्ने दीर्घरोगीको खोजी गर्न थालेको छ । अस्वास्थ्य खानपान तथा जीवनशैलाका कारण नसर्ने रोग बढ्ने सम्भावनालाई ध्यानमा राख्दै रोगको न्यूनीकरण तथा रोकथामको लागि गाउँपालिकाले खोजी थालेको हो ।

गाउँपालिकाले अहिले कार्यक्रम नै सञ्चालन गरेर स्थानीयको घर/घरमा पुगेर दीर्घरागीको खोजीसँगै पहिचान गरिरहेको स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र उपाध्यायले जानकारी दिनुभयो।

गाउँपालिकाका ३० वर्ष माथिका सम्पूर्ण नागरिकको स्वास्थ्य परीक्षण भइरहेको र हालसम्म सात सय जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको पनि उपाध्यायले बताए। यस पालिकाका ३० वर्ष माथिका एक हजार सात सय जनाको स्वास्थ्य परीक्षण गरेर रोगको खोजी गर्ने हाम्रो लक्ष्य रहेको उनले बताए।

हालसम्मको परीक्षणमा करिव १५ प्रतिशत नागरिक नसर्ने दीर्घरोगको जोखिममा देखिएको उनले जानकारी दिए । परीक्षणका क्रममा १० जनामा मिगौला समस्या र १५ जनामा महुमेहको लक्ष्य देखिएकाले उनीलाई उपचारको लागि बाहिरका अस्पतालमा पठाइएको शाखा प्रमुख उपाध्यायले बताए।

कार्यक्रममार्फत उच्च रक्त चाप, मिर्गौला, मधुमेह, मोटोपनका कारण लाग्ने रोगका लागि उचाइ अनुसारको तौलको परीक्षण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो। विशेषज्ञ डाक्टररुको उपस्थितिमा ल्याब परीक्षण गरेर नै नागरिकको स्वास्थ्य जाँच भइरहेको प्रशासकीय अधिकृत भट्टराईले बताए ।“नसर्ने रोगका कारण मानव स्वास्थ्यमा पुर्‍याउने क्षतिको न्यूनीकरणको लागि हामीले त्यस्ता रोगीहरूको खोजी गरिरहेका छौँ” उनले भने,“हामीले सानो सावधानी अपनाउन सकेको खण्डमा यस्ता रोगबाट बच्न सकिन्छ ।

नागरिकलाई सचेतनासँगै नसर्ने रोगको अवस्थाको जानकारी लिन रोगीहरूको खोजी थालेका हौँ । कतिपय मानिसहरूले रोग लुकाएर बस्दा अकालमा ज्यान पनि जान सक्छ । समयमा नै रोग पहिचान, उपचार पद्धति र सजक गराउनका लागि यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”

अस्वस्थ्यकर खानपिन र जीवनशैलीका कारण वषेर्नी नसर्ने दिर्घरोगको बिरामी बढ्दै गएकाले समयमा नै रोगको पहिचान, रोकथाम तथा बच्ने उपायको विषयमा नागरिकलाई सचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। योजनाबद्ध रूपमा स्वास्थ्यका अन्य नियमित कार्यक्रम सञ्चालन भइरहेको भएपनि नसर्ने दिर्घरोगको रोकथाम तथा न्यूनीकरणको लागि नागरिकको स्वास्थ्य परीक्षणको काम भइरहेको अध्यक्ष राईले जानकारी दिए।

“मानवको स्वास्थ्य नै धन हो” उनले भने,“हाम्रो सानो अवसावधिका कारण ठूलो रोगको सिकार बन्नु परेको अवस्था पनि छ । नसर्ने रोगको तत्काल लक्षण नदेखिने भएकाले बेलैमा रोगको पहिचान र उपचारको प्रक्रिया अघि बढाउन बिरामीको खोजी थालेका हौँ । समयमा नै दीर्घ रोगको पहिचान गरेर रोकथाम तथा बच्ने उपायको विषय जानकारी गराउन अभियान सञ्चालन गरेका हौँ ।”

नागरिकलाई स्वास्थ्य खानपानमा जोड्न आयातित पेय पदार्थको विक्री वितरणमा कडाइ गरिएको अध्यक्ष राईले बताए । गाउँपालिकाले नागरिकलाई पोषणयुक्त खानपानमा प्रोत्साहन गर्न उन्नत जातका गाई, भैँसी वितरण गरिरहेकोसमेत अध्यक्ष राईले बताए । गाउँघरमा पाउने अर्ग्यानिक बस्तुको खानपिन तथा नियमित व्यामले नागरिकलाई स्वास्थ्य रहन मद्दत गर्ने उनको भनाइ छ । “हामीले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”अध्यक्ष राईले भने,“मानव स्वास्थ्यमा असर गर्ने खालका पेय पदार्थको बिक्री वितरणमा कडाइ गरिरहेका छौँ । बाह्य पेय पदार्थको विकल्पमा दही, मही प्रयोग गर्न नागरिकलाई आग्रह गरिरहेका छौँ । पोषणसँगै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले स्थानीय कृषकलाई यो वर्ष मात्र ८० वटा उन्नत जात गाई वितरण गरेका छौँ ।”

बालबालिका, गर्भवती, सुत्केरी तथा बृद्धाबृद्धको स्वास्थ्यलाई ध्यानमा राखेर गाउँपालिकाले पोषण तथा स्वास्थ्यको क्षेत्रमा  विभिन्न खालका काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन्। नागरिकलाई अर्ग्यानिक (जैविक) खेती प्रणालीमा जोड्न महिला विकास वोर्डमार्फत गँड्यौला बनाउने, प्राङगारिक मल बनाउनेलगायतका कार्यक्रमसमेत सञ्चालन भइरहेको उपाध्यक्ष राईले जानकारी दिइन् । “हामीले स्वास्थ्यकर कृषि उत्पादनमा जोड दिएका छौँ”उनले भनिन्,“रासायनिक मलको प्रयोगका कारण पनि धेरै किसिमका रोग लाग्ने भएकोले स्वास्थ्यकर कृषि उत्पादनमा जोड दिएका हौँ । कृषकलाई जैविक खेती प्रणाली लाग्न आवश्यक प्रोत्साहनसँगै सचेतनाका कार्यसमेत गरिरहेका छौँ।

Tags: Nabin BhattaraiNon communicable DiseasePauwadungma Rural municipality Bhojpur
Nisarga hospital Dhangadhi
Previous Post

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले

Next Post

म्याग्नस फर्माले नेपालमै पहिलोपटक शुरू गर्‍याे ५ प्रकारका इन्जेक्टेबल औषधीको उत्पादन

Related articles

चिकित्सक संघको उपाध्यक्षमा डा. अरुण शाहीको उम्मेदवारी यथावत रहने आदेश
News

चिकित्सक संघको उपाध्यक्षमा डा. अरुण शाहीको उम्मेदवारी यथावत रहने आदेश

11 hours ago
1.6k
मेडिकल काउन्सिल निर्वाचनका लागि तोकियो २१ स्थानमा मतदान केन्द्र
News

मेडिकल काउन्सिलको निर्वाचनमा ६ हजार आठसय मत खस्यो (कहाँ कति)

1 day ago
1.6k
माघको अन्तिम सातादेखि पाठेघर क्यान्सर विरुद्धको खोप लगाइदै
News

माघको अन्तिम सातादेखि पाठेघर क्यान्सर विरुद्धको खोप लगाइदै

1 day ago
1.6k
धादिङ अस्पतालको ४९औं वार्षिकोत्सब भव्यताका साथ सम्पन्न
News

धादिङ अस्पतालको ४९औं वार्षिकोत्सब भव्यताका साथ सम्पन्न

1 day ago
1.6k
थोक औषधि व्यवसायी संगठन नारायणगढको अध्यक्षमा पौडेल निर्वाचित
News

थोक औषधि व्यवसायी संगठन नारायणगढको अध्यक्षमा पौडेल निर्वाचित

2 days ago
1.6k
साढे १७ करोडको लगानीमा मध्यविन्दु नगरअस्पतालको भव्य उद्घाटन
News

साढे १७ करोडको लगानीमा मध्यविन्दु नगरअस्पतालको भव्य उद्घाटन

2 days ago
1.6k
Next Post
म्याग्नस फर्माले नेपालमै पहिलोपटक शुरू गर्‍याे ५ प्रकारका इन्जेक्टेबल औषधीको उत्पादन

म्याग्नस फर्माले नेपालमै पहिलोपटक शुरू गर्‍याे ५ प्रकारका इन्जेक्टेबल औषधीको उत्पादन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,350)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.