काठमाडौं, २असार २०८०
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं इकाईको अध्यक्ष पदको जिम्मेवारी दिनेश रिजाललाई दिइएको छ।
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको विशेष सम्मेलनले अध्यक्ष पदमा दिनेश रिजाललाई सर्वसम्मतिबाट चयन गरेको हो । अध्यक्ष अनिल खड्काले आफ्नो व्यक्तिगत कारणले दिनु भएको राजीनामालाई स्विकृत गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।
निवर्तमान अध्यक्ष खड्काले आफु अध्यक्षमा बसेर काम गर्दा जुन साथीभाइको साथ र सहयोग रहेको थियो त्यसप्रति सधै आभार प्रकट गरिरहने बताउनु भयो साथै संस्थाकाे हितकाे लागि जहाँ भएपनि सहयोग र सदभाब रहने बताउनु भयो । खड्का उक्त संस्थामा बिगत ८ बर्ष देखि आवद्ध हुनुहुन्छ।
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको केन्द्रीय अध्यक्ष श्याम मण्डलकाे प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमको सभापतित्व कार्यबाहक अध्यक्ष दिनेश रिजालले गरेका थिए । कार्यक्रमकाे संचालन भोज बहादुर बानियाँले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष एन्जल पौडेलले गरेका थिए ।