काठमाडौं, ९ पौष २०७९
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) काठमाडौं इकाईकाे आज भएको १९ ओैं अधिवेशनको कोषाध्यक्षमा कोषराज अवस्थी निर्विरोध निर्वाचित भएका छन् ।
NMSRA का केन्द्रिय अध्यक्ष अनिल दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा कार्यक्रमको संचालन सचिब दिनेश रिजालले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा अतिथिको रुपमा पिडानका केन्द्रीय अध्यक्ष शिब राज बास्कोटा, पिनका अध्यक्ष गान्धि प्रसाद शर्मा, नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य प्रशान्त मानान्धरले कार्यक्रम भब्य रुपमा सफल बनाउनको लागि शुभकामना दिनु भएको थियो भने सहभागीलाई बरिष्ठ उपाध्यक्ष अनिल खड्काले स्वागत मन्तब्य राख्नु भएको थियो ।
आज सम्पन्न अधिबेशनबाट अध्यक्षमा अनिल खड्का, बरिष्ठ उपाध्यक्षमा दिनेश रिजाल, उपाध्यक्षमा एञ्जल पौडेल, सचिवमा भोज बहादुर बानियाँ सहसचिवमा सिताराम खड्का र डिएन ढकाल निर्वाचित भएका छन।
त्यसैगरी कोषाध्यक्षमा कोष राज अवस्थी र सह-कोषाध्यक्षमा बिमल चाेैधरी निर्बाचित भएका छन। त्यस्तै सदस्यहरुमा मनाेज श्रेष्ठ ,मनिश महर्जन, गोपिना राइ, सुदर्शन रेग्मी र सजल आरसि सर्बसम्मत निर्बाचित भएका छन ।
निर्बाचन नेतृत्व छनोटको एउटा प्रकृया भएपनि सबैलाई समेटेर अगाडि बढ्ने र बौद्धिक श्रमिकको पहिचानलाई अझ सशक्त बनाउमा प्रमुख भुमिका रहेको नवनिर्वाचित अध्यक्ष खड्काले बताउनु भयो ।