काठमाडौं, ५ चैत्र २०७९
नेपाल औषधि बिक्री तथा प्रतिनिधि संघ (NMSRA) को केन्द्रीय अध्यक्षमा श्याम मण्डल सर्बसम्मत निर्वाचित भएका छ्न।
संघको चैत्र ३ र ४ गते भएको २८ औं महाधिवेशन बाट मण्डल अध्यक्षमा चयन भएका छ्न।
वरिष्ठ उपाध्यक्षमा धुर्ब प्रसाद गुराथोकी, उपाध्यक्षमा मिन शाह, भावेश कुमार झा र मनोज शाह निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तैगरी महासचिवमा निरज पन्त, सचिवमा जीवन ज्ञावली, ढुपेन्द्र रिजाल र नरेन्द्र कुशवाहा चयन भएका छन्। कोषाध्यक्षमा हिरण्य प्रसाद लुइँटेल (राम) र सहकोषाध्यक्षमा शुभाष कुमार गुप्ता चयन भएका छन्।
सदस्यहरुको नामावली निर्वाचन कमिटीले १४ इकाइको प्रतिनिधित्व हुने गरी तोकिने जनाएको छ। यो ३ वर्षको कार्यकाल रहनेछ।
यस अघि संघको तीन वर्षे कार्यकालमा अनिल दहाल केन्द्रीय अध्यक्षमा रहनु भएको थियो। उनले एनएमएसआरएमा काम गर्ने कर्मचारीहरुको हक हित र अधिकारका लागि दिन रात नभनी खटिएका थिए।
नयाँ नेतृत्वका लागि चयन भएका मण्डल औषधि क्षेत्रमा काम गरेको अनुभव झण्डै १६ वर्ष पुगेको छ। लोमस फर्मास्युटिकल्स प्रालि बाट सुरु गरेको यात्रा मण्डल अहिले सानोफि फर्मास्युटिकल्समा मेडिकल रिप्रीजेन्टिभमा काम गरिरहनु भएको छ। अध्यक्षमा मण्डलले आफ्नो कार्यकालमा रहेर सांगठनिक सुदृढीकरण लागि सदस्यहरुको संगठनमा आईपर्ने दैनिक समस्यालाई सामुहिक सहभागिताको शैलीमा सुल्झाउने र १४ वटै इकाइ युनिटमा जुनसुकै अवसय आइपर्ने साथीहरुको समस्याहरुको समाधान गर्न प्रतिवद्धता रहेको अध्यक्ष मण्डलले बताए।