निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढीमा संक्रामक रोगको प्रारम्भिक पहिचान तथा द्रुत प्रतिकार्य (EWARS) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो।
उक्त कार्यक्रममा हस्पिटलमा कार्यरत डाक्टर तथा नर्सहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा रोगको समयमै पहिचान (Early Detection) तथा छिटो प्रतिक्रिया (Rapid Response) मार्फत संक्रमण फैलावटलाई नियन्त्रण गर्न सकिने विषयमा जानकारी गराइएको थियो।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय डोटीका भि.सि.य हेमराज जोशी तथा स्वास्थ्य कार्यालय कैलालीकी जनस्वास्थ्य निरीक्षक बिमला ज्ञवालीले कार्यक्रमको उद्देश्य, महत्व तथा कार्यान्वयन प्रक्रियाबारे जानकारी गरानुभएको थियो।
साथै, स्वास्थ्यकर्मीहरूबीच समन्वय र तयारी सुदृढ पार्दै आकस्मिक अवस्थालाई प्रभावकारी रूपमा सामना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
उक्त कार्यक्रममार्फत स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि भई सम्भावित महामारी तथा संक्रमणजन्य रोगहरूको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ







