कैलाली , २३ चैत्र २०७७
धनगढीस्थित सुदूरपश्चिमकै सुविधासम्पन्न निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले प्रदेशमै पहिलो पटक ‘ब्रेन ट्युमर’को सफल उपचार गरेको छ।
कैलालीको घोडाघोडी नगरपालिका ५ की ५५ वर्षीया सावित्री चौधरीको ४ सेन्टिमिटर लामो ब्रेन ट्युमरको शल्यक्रिया सफल भएको हो । न्यूरो सर्जन डा.सुरेश सापकोटा, एनेस्थेसियोलोजिस्ट डा. हेमन्त ओझा, यादब जोशी, लक्ष्मी खत्री, कल्पना बुढालगाएतको टिमले निरन्तर तीन घण्टा लगाएर शल्यक्रिया गरेको हो ।
‘‘बिरामीलाई बेहोस अवस्थामा ल्याइएको थियो, बायाँ सरिर चल्न छोेडेको थियो। सिटी स्क्यान र एमआरआई गर्दा दिमागमा ट्युमर देखियो’, डा. सापकोटाले भने, ‘बेहोस अवस्थामा आएको बिरामी शल्यक्रियापछि होसमा आउनु भएको छ, दुईवटै हात उठाउनुहुन्छ । आफ्नै हातले खाना खाइरहनुभएको छ । यो भनेको मोडिकल्लली निकै सुधार भएको अवस्था हो।’
प्रत्येक १० हजार मानिस मध्ये १–२ जनालाई ब्रेन ट्युमर हुने गरेको पाइन्छ । जसलाई ‘ब्रेनको क्यान्सर’ पनि भनिन्छ । चिकित्सकका अनुसार ट्युमर पलाउन थालेपछि टाउको दुख्छ ।
ट्युमरको साइज बढ्दै गएपछि नसा च्यापिने भएकोले एक पाटो कमजोर हुन्छ । अझै ठूलो हुँदै गएपछि वान्ता आउने, रिंगटा लाग्ने, बेहोस हुने जस्ता लक्षण देखिन्छन् ।
‘टाउको दुख्ने समस्यालाई लापरवाही गर्नुहुँदैन, सम्बन्धित चिकित्सकलाई जचाँउनुपर्छ’, डा. सापकोटा सुझाव दिन्छन्।
सामान्य भाषामा जराबाट र बिना जराबाट गरी दुई किसिमको ट्युमर हुन्छ। जराहाल्ने ट्युमर भन्नाले क्यान्सरलाई जनाउदछ । जराहाल्ने ट्युमर रहेछ भने पुनः फैलने सम्भावना हुन्छ। फैलन नदिन रेडियो थेरापी र किमो थेरापी गर्नुपर्ने डा. सापकोटाले बताए।
Comments 2