काठमाडौं, २५ भाद्र २०८०
नेपाल न्युरोसर्जन सोसाइटीको अध्यक्षमा डा. यम बहादुर रोका चयन भएका छन्। काठमाडौंमा सम्पन्न सोसाइटीको आठौं सम्मेलनबाट डा. रोकालाई अध्यक्षमा चयन गरेको हो।
नेपाल न्युरो सर्जन सोसाइटीले काठमाडौंमा चौथो अन्तराष्ट्रिय न्युरो सर्जन सम्मेलन तथा आठौं साउथ एसियन न्युरो सर्जन सोसाइटी सम्मेलन आयोजना गरेको हो।
तीन दिनसम्म चलेको सम्मेलनमा नेपाल सहित क्यानडा, जापान, चीन, बंगलादेश, भारत, फिलिपिन्स, श्रीलंका, माल्दिभ्स, पाकिस्तान लगायतका देशबाट २०० भन्दा बढी सहभागी थिए। सम्मेलनमा न्युरो सर्जनहरुले कार्यपत्र समेत प्रस्तुत गरेका थिए।