सुर्खेत, ०१ असोज २०८०
प्रदेश अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ न्युरोसर्जन डा. निलमकुमार ‘मानव’ को विपश्यना साधना (एक संक्षिप्त रुपरेखा) नामक पुस्तक विमोचन भएको छ ।
शनिवार वाङ्गमय चौतारी नेपाल, सुर्खेतको अयोजनामा पुस्तकको लोकार्पण तथा परिचर्चा गरिएको थियो ।
उक्त पुस्तकमा ‘ध्यान’ र ‘मनन’ का विषयहरु समेटिएका छन् । विपश्यना आत्मनिरीक्षण द्वारा आत्मशुद्धिको साधना अर्थात विधि हो । जसले मानसिक समस्यामा रहेका व्यक्तिहरुलाई तनाव, चिन्ता र उदासिनताबाट मुक्त गराउन ठुलो भुमिका खेल्ने गर्दछ।