आज मिति : २०८२ बैशाख २८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

नेपालगञ्जमा मस्तिष्कको नसा सम्बन्धी जटिल शल्यक्रिया सफल #Brainstroke

Nam Raj Bhatta by Nam Raj Bhatta
August 15, 2023
in News
A A
0
नेपालगञ्जमा मस्तिष्कको नसा सम्बन्धी जटिल शल्यक्रिया सफल #Brainstroke
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बाँके, ३० साउन २०८०

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नर्सिङ होममा ‘ब्रेन एन्यूरिज्म’ भनिने मस्तिष्कको नसा सम्बन्धी दुर्लभ र जटिल शल्यक्रिया सफल भएको छ ।

दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तश्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिन्छ । यस समस्याबाट पीडित दाङको दंगीशरण गाउँपालिकाकी ५३ वर्षीया खगा श्रेष्ठको न्युरोसर्जनद्वय डा. निरज घिमिरे र डा. सुवोध गौतमले पाँच घण्टा लगाएर शल्यक्रिया गरेका हुन् । यही साउन १४ गते शल्यक्रिया गरिएकी श्रेष्ठ साउन २८ गते अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

श्रेष्ठ यही साउन १४ गते घरमै बसिरहेको बेला एक्कासी टाउको दुखेर अचेत भएर लडेकी थिइन् । सोही दिन उनलाई दाङको घोराहीस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान हुँदै बाँकेको नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, नर्सिङ होमको इमरजेन्सी कक्षमा पुर्‍याइएको थियो । टाउकोको सिटीस्क्यान गर्दा दिमागको रक्त नली फुटेको (ब्रेन एन्यूरिज्म) समस्या पत्ता लागेपछि अप्रेशन गरिएको थियो ।

‘यो निकै जटिल र दुर्लभ केस थियो । यस्तो समस्या भएका बिरामीमा जतिसक्यो छिटो अप्रेशन गर्नुको विकल्प हुँदैन,’ न्यूरो सर्जन डा. निरज घिमिरेले भने, ‘हामीले पनि समय खेर नफाली अप्रेशन गर्यौं र सफल भयौं ।’

चिकित्सकका अनुसार यस्ता बिरामीलाई दुई तरिकाले उपचार गरिन्छ । एउटा टाउको पूरै खोलेर (क्लिपिङ) विधिबाट र अर्को खुट्टाको नसाबाट तार छिराएर दिमागको फुटेको नसा बन्द गराउने विधिबाट । श्रेष्ठको भने क्लिपिङ विधिबाट उपचार गरिएको थियो । बिरामीको जीवन जोखिममा पर्ने हुँदा क्लिपिङ पनि निकै जटिल मानिन्छ ।

‘ब्रेन एन्यूरिज्म’को समस्या भएका करिब ५० प्रतिशत बिरामीको समयमा अस्पताल नपुर्याउँदा र कतिपयको समयमै अस्पताल पुर्याए पनि उपचार जारी रहेको बेला र उपचारपछि पनि ज्यान जाने जोखिम रहन्छ । तर दाङकी खगा श्रेष्ठ सफल शल्यक्रियापछि केही दिन अस्पतालमै आराम गरेर घर फर्किएकी छन् ।

‘बिरामीको ज्यान जोगाउनु पर्ने थियो र हामीलाई च्यालेन्ज पनि थियो,’ न्युरोसर्जन डा. गौतमले उपचारको क्षण सम्झिए, ‘हामीले रिस्क फ्याक्टरबारे बिरामीका आफन्तलाई भनेका थियौं । उहाँहरु बुझ्ने हुनुहुँदो रहेछ, हामीलाई अघि बढ्नुस् भनेपछि हौसला मिल्यो ।’

डा. गौतम काठमाडौंको वीर अस्पतालबाट र डा. घिमिरे भारतको दिल्लीस्थित जिबी पन्त अस्पतालबाट एम.सी.एच न्यूरोसर्जरी सकेर नेपालगञ्जमा कार्यरत छन् । उनीहरुसँगै ऐनेस्थेसियोलोजिष्ट एसोसिएट प्रोफेसर डा. नविन रेग्मी, ऐनेस्थेसियोलोजिष्ट डा. कपिल पोखरेल, एसिस्टेन्ट डा. अनिशा घिमिरे, न्यूरोसर्जन एसिस्टेन्ट अर्सद खान तथा स्टाफ नर्स रोशनी बस्नेत र कमला वली शल्यक्रियामा संलग्न थिए ।

अप्रेशनको बेलामा बिरामीको प्रेसर बढाउन नपाइने भएकाले ऐनेस्थेसियोलोजिष्टको ठूलो भूमिका रहने एसोसिएट प्रोफेसर डा. नविन रेग्मी बताउँछन् । उनले भने, ‘ब्रेनमा यति सानो नसा हुन्छ कि माइक्रोस्कोपमा हेरेर अप्रेशन गर्नुपर्छ । एकपटक नसा फुटिसकेको बिरामीमा फेरि प्रेसर बढेर नसा फुट्यो भने बचाउन सकिँदैन । तर हामी यस्तो जोखिमका बीच सफल भएका छौं।’

अस्पतालबाट डिस्चार्ज हुनुअघि बिरामी, बिरामीका आफन्त र उपचारमा संलग्न चिकित्सक तथा नर्सको टोली ।
अप्रेशन सकिएको केही घण्टापछि नै होस आएर खानपिन गर्न थालेकी ५३ वर्षीया खगा श्रेष्ठले नयाँ जीवन पाएको अनुभूति भएको बताइन् । ‘एक्कासी टाउको दुखेर अचेत भएछु, अहिले होसमा आउँदा पो थाहा भयो यति ठूलो समस्या रहेछ,’ उनले भनिन्, ‘उपचारपछि नयाँ जीवन पाएँ ।’

न्यूरो सर्जन डा. गौतमका अनुसार चुरोट सेवन गर्ने र उच्च रक्तचापका बिरामीमा ब्रेन एन्यूरिज्मको जोखिम रहन्छ । तर ‘ब्रेन एन्यूरिज्म’का अधिकांश बिरामीमा पूर्व लक्षण देखिँदैन । कसैकसैले एक–दुई हप्ता अगाडि टाउको दुखेको अनुभव सुनाउँछन् । यदि नसा फुटिसकेको रहेछ भने बिरामीलाई असह्यै हुने गरी बेस्सरी टाउको दुख्ने र बेहोस् हुने हुन्छ ।

यदि टाउको दुख्यो भने सामान्य रुपमा नलिइ चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ । चिकित्सकको सल्लाहविना आफूखुसी दुखाइ कम गर्ने औषधि खाएमा बिरामीको अवस्था झन् जटिल हुने डा. गौतम बताउँछन् । चिकित्सकहरुले अस्पतालमा सीटी एनजीओग्राफी गरेर मस्तिष्कको अवस्था हेर्छन् । यदि नसा फुटेको पाइए अप्रेशन गरेर उपचार गरिन्छ ।

‘प्रायजसो यस खालको समस्या पत्ता नै नलागेर अधिकांश बिरामीहरुको मृत्यु हुने गर्दछ । रोग पत्ता लगाइहाले पनि प्रयाप्त स्रोत साधन र जनशक्ति अभावले बिरामीहरुको जीवन समाप्त हुन्छ,’ डा. गौतम भन्छन्, ‘सफल अप्रेशनपछि बिरामीको ज्यान जोगाउन सफल भयौं । बिरामी र बिरामीका आफन्तबाट स्याबासी पायौं । यसबाट उपचारमा अझ बढी प्रेरणा र ऊर्जा मिलेको छ ।’

Tags: Corona Virus #Covid19Dr. Nabin RegmiDr. Subodh a GautamNepalganj Medical collegeNeuro Surgery
Nisarga hospital Dhangadhi
Previous Post

मानव अंगको लागि राष्ट्रिय प्रत्यारोपण केन्द्र भरपर्दो सरकारी संस्था भएको छः मन्त्री बस्नेत

Next Post

स्वास्थ्यमन्त्री बस्नेत ६ दिने भारत भ्रमणमा

Related articles

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

2 hours ago
809
गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण
News

गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण

7 hours ago
781
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए

17 hours ago
792
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश
News

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश

2 days ago
782
एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश
News

एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश

4 days ago
791
पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित
News

पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित

5 days ago
864
Next Post
स्वास्थ्यमन्त्री बस्नेत ६ दिने भारत भ्रमणमा

स्वास्थ्यमन्त्री बस्नेत ६ दिने भारत भ्रमणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,010)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.