Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख २४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

आँखा उपचार क्षेत्रको विकासमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः मन्त्री आचार्य

Nam Raj Bhatta by Nam Raj Bhatta
September 5, 2023
in News
Reading Time: 1 min read
A A
0
आँखा उपचार क्षेत्रको विकासमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः मन्त्री आचार्य
613
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १९ भाद्र २०८०

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननिय सुरेन्द्र राज आचार्यले नेपालको आँखा उपचार प्रणालीको विकासमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन् ।

नेपाल नेत्रज्योति संघ र दातृ निकाय सिबिएम ग्लोबलका बिचमा सहकार्यको ४० बर्ष पुगेको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री आचार्यले यस्तो बताएका हुन् । ‘बि.स २०३५ सालमा स्थापना भएको संघले नेपालको आँखा उपचार सेवालाई विश्वमा नै चिनाउन सफल भएको छ, र संघलाई यो उपलब्धि हासिल गर्नमा सहयोग पुर्याउने सिबिएम लगाएत स्वदेशी तथा विदेशी दातृ निकायहरुलाई समेत धन्यवाद दिन चाहान्छु’ मन्त्री आचार्यले भने ।

नेपाली जनतालाई सर्वसुलभ मूल्यमा देशभर गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गरेकोमा नेत्रज्योति संघलाई धन्यवाद दिँदै उनले आगामी दिनहरुमा सरकारका तर्फबाट हुनसक्ने सहयोग र सहकार्यका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

त्यस्तै सोहि कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य माननिय आर.पी विच्छाले नेत्रज्योति संघले नेपालको आँखा उचार सेवाको विकास र विस्तारमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । NNJS CBM 1

नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्तले सिबिएम जस्ता दातृ निकायहरुको सहयोग र सहकार्यले नै संघले यो उपलब्धि हासिल गर्न संभव भएको भन्दै सबैलाई धन्यवाद समेत दिए ।

संघले अब नेपाली जनताहरुलाई गुणस्तरिय आँखा उपचार सेवा प्रवाहसंगै नेपाललाई आँखा उपचारको पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ आफ्ना कार्यक्रमहरु अगाडी बढाइरहेको बताउछन् संघका महासचिव भरतबहादुर चन्द ।

‘सिबिएम हाम्रो एक पुरानो र महत्वपुर्ण दातृ निकाय हो, नेपालको अन्धोपन र बहिरोपन निवारणमा अहिलेसम्म हामिले जे जति उपलब्धिहरु हाँसिल गर्न सफल भएका छौ त्यसको एक महत्वपुर्ण हिस्सेदार सिबिएम पनि हो’ संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले भने ।

सिबिएम ग्लोबलका अन्तराष्ट्रिय निर्देशक रोब डोनेल्लीले नेपालको आँखा तथा कान उपचार क्षेत्रमा नेत्रज्योति संघसंगको सहकार्य जारी रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

जग्गा दाता चौधरी परिवारका तर्फबाट बोल्दै पुर्वमन्त्री पद्मनाराय चौधरीले त्यो क्षेत्रका जनताहरुले सहज रुपमा आँखा उपचार सेवा प्राप्त गरुन् भन्ने उद्येश्यले आफ्नो परिवारले अस्पतालको लागि जग्गा दान गरिएको बताए ।

सन् १९८२ सालमा नेत्रज्योति संघको आग्रहमा सिबिएमले जर्मनबाट डा. अल्बर्ट हेनिङ र उनकि श्रीमतिलाई नेपालमा आँखा स्वास्थ्य सेवाको विकास र विस्तारका लागि नेपाल पठाएसंगै दुईसंस्थाहरुका बिचमा औपचारिक सहकार्यको प्रारम्भ भएको थियो ।

सिबिएमबाट खटाइएका डा. हेनिङको अनवरत प्रयास र मेहनतमा स्थापना भएको नेपाल नेत्रज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल र विराटनगर आँखा अस्पताल अहिले विश्वमै सबैभन्दा सर्बसुलभ मूल्यमा गुणस्तरिय आँखा उचार सेवा प्रवाह गर्दै आइरहेका छन् ।

अहिले नेपाल नेत्रज्योति संघ लहान आँखा तथा कान उपचार प्रणाली अन्तरर्गत २ वटा विशिष्टिकृत सेवा सहितका आँखा अस्पताल र ३१ वटा आँखा उपचार केन्द्रहरु संचालनमा छन् । हालसम्म लहान आँखा तथा कान उपचार प्रणाली अन्तरगतका आँखा अस्पताल तथा आँखा उपचार केन्द्रहरुमार्फत १ करोड २० लाख मानिसहरुले आँखा उपचार सेवा सहित २० लाखभन्दा बढि बिरामीहरुको आँखाको शल्यक्रिया गरिएको बताउछन् लहान आँखा तथा कान उपचार प्रणालीका प्रमुख प्रशासक सुधिर कुमार ठाकुर ।

सिबिएमको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले कर्णाली प्रदेशमा एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट हालसम्म ५ हजार भन्दा बढि मानिसका आँखाको निःशुल्क शल्यक्रिया गरि ज्योति प्रदान गरिसकिएको छ ।

उक्त कार्यक्रमा सिबिएमको सहयोगमा सञ्चालित कार्यक्रम मार्फत अन्धोपन तथा बहिरोपन न्यूनिकरणमा योगदान गर्ने प्रा.डा रामप्रसाद पोख्रेल, डा. अल्बर्ट हेनिङ, मधुसूदन ढकाल, चौधरी दाता परिवार (स्व.सरोवरलाल चौधरी, स्व.छबिलाल चौधरी र श्री रविन्द्रलाल चौधरी), सुधीरकुमार ठाकुर, डा. सञ्जय कुमार सिं र बिन्देश्वर महतोलाई सम्मानित समेत गरिएको थियो भने नेपालको अन्धोपन र बहिरोपन न्यूनिकरणमा महत्वपुर्ण महत्वपुर्ण सहयोग गरेकोमा नेत्रज्योति संघले सिबिएम ग्लोबल र सिबिएम इन्टरनेशनलाई समेत सम्मानित गरेको छ ।

साथै सोहि अवसरमा ‘दिगो र व्यापक आँखा उपचार सेवा आजको आवश्यकता’ विषयमा बृहत छलफल कार्यक्रम आयोजना गरिएको थियो जसमा नेत्रज्योति संघका डा. शैलेश कुमार मिश्र, आईएपिबिका युद्ध धोज सापकोटा, सिबिएममा सुरज सिग्देल, स्वास्थय तथा जनसंख्या मन्त्रालयका रबिकान्त मिश्र, नेपाल अप्थाल्मीका सोसाइटीकी डा. मिनु चौधरी र राष्ट्रिय अपांग महासंघका देविदत्त आचार्य सहभागि थिए भने उक्त छलफलको सहजिकरण संघका कार्यक्रम व्यबस्थापक रन्जन साहले गरेका थिए ।

उक्त कार्यक्रममा समाज कल्याण परिषद्का कोषाध्यक्ष बिनय लामा, गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदी, लगायत आँखा स्वास्थ्य सेवासंग सम्बन्धि विभिन्न व्यक्तित्वहरुको उपस्थिती थियो ।

Tags: #government of NepalCorona Virus #Covid19Nepal Netra joyti sang
SummarizeShare262ScanTweet146

Related articles

केमसानका अध्यक्ष हमाल उद्योग वाणिज्य महासंघको सदस्यमा तेस्रो पटक निर्वाचित

केमसानका अध्यक्ष हमाल उद्योग वाणिज्य महासंघको सदस्यमा तेस्रो पटक निर्वाचित

by Nam Raj Bhatta
May 6, 2026
0

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत (उत्पादनमूलक तथा व्यवसायिक संघ) तर्फको सदस्यमा रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) का अध्यक्ष भक्तबहादुर हमाल निर्वाचित भएका छन्। वाणिज्य महासंघको नयाँ...

नेपाल औषधि उत्पादक संघका अध्यक्ष अधिकारी उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा निर्वाचित

नेपाल औषधि उत्पादक संघका अध्यक्ष अधिकारी उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा निर्वाचित

by Nam Raj Bhatta
May 6, 2026
0

नेपाल औषधि उत्पादक संघ (एप्पोन) का अध्यक्ष विप्लव अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको सदस्य पदमा निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा सदस्य तर्फ अधिकारी र...

प्रधानमन्त्री बालेनको स्वास्थ्य सल्लाहकारमा प्राडा. जगदीशप्रसाद अग्रवाल

प्रधानमन्त्री बालेनको स्वास्थ्य सल्लाहकारमा प्राडा. जगदीशप्रसाद अग्रवाल

by Nam Raj Bhatta
May 6, 2026
0

केन्द्रीय  मन्त्रिपरिषदको बैठकले डा. अग्रवाललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरर्वे रिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्राडा. जगदीशप्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ...

वीर अस्पतालको निर्देशक डा. दिलिप शर्मा नियुक्त

वीर अस्पतालका निर्देशक डा. शर्माले दिए राजीनामा

by Nam Raj Bhatta
May 6, 2026
0

वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका छन्। डा. शर्माले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. शर्माको  राजीनामा स्वीकृत गरिसकेको...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    692 shares
    Share 277 Tweet 173
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    629 shares
    Share 252 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    679 shares
    Share 303 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    618 shares
    Share 248 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • केमसानका अध्यक्ष हमाल उद्योग वाणिज्य महासंघको सदस्यमा तेस्रो पटक निर्वाचित
  • नेपाल औषधि उत्पादक संघका अध्यक्ष अधिकारी उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा निर्वाचित
  • प्रधानमन्त्री बालेनको स्वास्थ्य सल्लाहकारमा प्राडा. जगदीशप्रसाद अग्रवाल
  • वीर अस्पतालका निर्देशक डा. शर्माले दिए राजीनामा
  • ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.