Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार ६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपाल नेत्रज्योति संघ र डाक फान्डेसनबिच सम्झौता, ८ हजारको नि:शुल्क शल्यक्रिया हुने

Nam Raj Bhatta by Nam Raj Bhatta
July 9, 2023
in News
Reading Time: 1 min read
A A
0
नेपाल नेत्रज्योति संघ र डाक फान्डेसनबिच सम्झौता, ८ हजारको नि:शुल्क शल्यक्रिया हुने
627
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २४ असार २०८०

नेपाल नेत्रज्योति संघ र अष्ट्रेलियाको डाक फाउन्डेशनका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धि सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष प्रा.डा चेतराज पन्त र फाउन्डेशनका तर्फबाट संस्थापक डेभ रिकार्डले हस्ताक्षर गरेका हुन् ।

फाउन्डेशनले सन् २०२३ का लागि करिब ८ हजार जना आँखाका बिरामीहरुको निशुल्क शल्यक्रियाका लागि संघलाई अनुदान रकम उपलब्ध गराउने छ भने संघले विभिन्न अस्पताल तथा बाह्य कार्यक्रमहरु मार्फत आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट बन्चित नागरिकहरुको निःशूल्क आँखा उपचार गर्नेछ ।

संघ र फाउन्डेशनका बिचमा सन् २०१९ देखि निरन्तर सहकार्य भइरहेको र यसैको निरन्तरतको स्वरुप यो बर्षका लागि करिब ८ हजार बिरामीहरुको निशुल्क आँखाको शल्यक्रियाका लागि सम्झौता भएको हो ।

आर्थिक अभाव र पहुँचका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवन यापन गर्न नपरोस् भनेर जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको छ र कोहि पनि नागरिकहरुले आर्थिक अभावकै कारण दृष्टिबिहिन भएर बस्नु नपरोस् भनेर संघले विभिन्न दातृ निकायहरुसंगको सहकार्यमा दशैभरी निःशुल्क शिबिरहरु संचालन गरिरहेको बताउछन् संघका महासचिव भरतबहादुर चन्द ।

डाक फान्डेशनको सहयोगमा अहिलेसम्म करिब ५ लाख बिरामीहरुको आँखा जाँच गरी ५२ हजार बिरामीहरुको निशुल्क शल्यक्रिया समेत गरिएको बताउछन् संघका कार्यक्रम व्यबस्थापक रञ्जन शाह ।

अष्ट्रेलियन दम्पती डेभ रिकार्ड र केरी डिकार्डले आफ्नो व्यक्तिगत आयबाट संचालन गरेको फाउन्डेशनले हाले बिश्वका करिब १० देशका गरिबिको रेखामुनी रहेका नागरिकहरुलाई विभिन्न स्वास्थ सेवाहरु निशुल्क रुपमा प्रवाह गर्न अनुदान दिईरहेको छ । विश्वका ५ लाख मानिसलाई ज्योतिको दोस्रो अवसर दिने लक्ष्य रहेको बताउछन् फाउन्डेशनका संस्थापक डेभ रिकार्ड ।

सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपनालाई निवारण गर्ने नेत्रज्योति संघको योजनामा डाक फाउन्डेशनले महत्वपुर्ण सहयोग पुर्याइरहेको बताउछन् संघका कार्यकारी निर्देशक डा.शैलेसकुमार मिश्र । ‘अहिले पनि हाम्रो देशमा कतिपय नागरिकहरु आर्थिक अभावकै कारण आँखा उपचारबाट बन्चित छन् त्यस्ता नागरिकहरुलाई सेवा प्रवाह गर्न डाक फाउन्डेशन जस्ता दातृ निकायहरुको सहयोग महत्वपुर्ण छ’ मिश्रले भने ।

नेपाल नेत्र ज्योति संघले हाल देश भरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरू मार्फत नागरिकहरूलाई गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

Tags: #government of NepalCorona Virus #Covid19Daak FoundationNepal Netra joyti sang
SummarizeShare276ScanTweet146

Related articles

विषाक्त रसायन भएका ह्याण्ड स्यानिटाइजर बजारमा विक्री वितरण गर्न रोक

नवीकरण नगरी सञ्चालन गरिएका ४० औषधि पसल बन्द

by Nam Raj Bhatta
June 18, 2026
0

मकवानपुर जिल्लाका ४० वटा औषधि पसलहरु बन्द गरिएको छ । समयमै नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो । बन्द हुनेमा फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्माहरु...

१० प्रतिशत निःशुल्क शय्या निर्देशिकाप्रति अफिनको आपत्ति

१० प्रतिशत निःशुल्क शय्या निर्देशिकाप्रति अफिनको आपत्ति

by Nam Raj Bhatta
June 18, 2026
0

निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले अस्पतालमा १० प्रतिशत शैया विपन्न बिरामीहरुका लागि निःशुल्क छुट्याउनुपर्ने सरकारी निर्देशिकाको भाषा अस्पष्ट र व्यवहारिक...

चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी

चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी

by Nam Raj Bhatta
June 16, 2026
0

चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय...

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार

by Nam Raj Bhatta
June 16, 2026
0

सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि त्यसमार्फत उपचार लिनेको सङ्ख्या एक हजार २०० नाघेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निःशुल्क स्वास्थ्य...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    816 shares
    Share 326 Tweet 204
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    688 shares
    Share 275 Tweet 172
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    634 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    684 shares
    Share 305 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नवीकरण नगरी सञ्चालन गरिएका ४० औषधि पसल बन्द
  • १० प्रतिशत निःशुल्क शय्या निर्देशिकाप्रति अफिनको आपत्ति
  • चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
  • प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.