काठमाडौं, २४ पुस २०७९
ललितपुरको गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा नेपाल दन्त सामग्री वितरक संघले आयोजना गरेको डेन्टल एक्स्पो तथा नेपडेन्ट २०२३ को आज तेस्रो दिन पुग्यो।
नेपडेन्ट एक्सोमा २ दिनको अवधिमा १७ करोडको कारोबार भएको सँघका सचिब निरन्जन खतिवडाले जानकारी दिनुभयो।
नेपडेन्ट एक्सोमा १० देखि ४० प्रतिशत छुटको व्यवस्था गरिएको खतिवडाले जानकारी दिए। एक्स्पोमा करिब ३० जना स्वदेशी तथा विदेशी दन्त चिकित्सकहरुले दन्त सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको छ। यसबाट दन्त चिकित्सा क्षेत्रमा निकै लाभ भएको छ।
उक्त एक्स्पो सेन्टरमा दुइ दिनमा लगभग २ हजार भन्दा बढी दन्त स्वास्थ्य सँग सम्बन्धित सबैले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभ लिएका छन्। सय भन्दा बढी बिदेशी ब्राण्डहरुको बिक्री भइरहेको छ।