काठमाडौँ, २३ बैशाख ।
बाँकेको नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारीले लेखेको प्रेस बिज्ञप्ति अनुसार थप भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना संक्रमितहरु नेपालगञ्ज उपमहानगरपालिका ८ निवासी वर्ष २२, ३० र ४० बर्षका पुरुषहरु र ९, ३२,३४ र ५५ बर्षका महिलाहरु रहेका छन् । यसअघि नेपालगञ्जकै सोही क्षेत्रमा १६ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
यो संगै नेपालगञ्जमै मात्रै संक्रमित हुनेकोसंख्या २३ पुगेको छ । नेपालमा कुल संक्रमितको संख्या भने ८२ पुगेको छ ।
अहिलेसम्म कोरोना जितेर घर फर्किनेको संख्या १६ यथावत रहेको छ।