काठमाडौं २१, बैशाख
बाँकेको नेपालगन्जमा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगन्जमै थप ६ जनामा कोरोना पुष्टि भएको हो।
आइतबार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भएको परिक्षणमा नेपालगञ्ज, ८ बस्ने ३ जना पुरुष र ३ जना महिलामा कोरोना भाइरस पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार कोरोना पुष्टि हुनेमा १६, २१ र ३४ बर्षका पुरुष र ४०, ५५ र ६० बर्षका महिलाहरु रहेका छन् ।
आइतवार दिउँसो मात्रै नेपालगन्जमा पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको थियो। यही शुक्रबार त्यहाँका एकजना ६० वर्षीय मुस्लिम धर्मगुरुमा पहिलो कोरोना संक्रमण देखिएको थियो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।