काठमाडौं, २९ चैत्र २०७७
‘सोसाइटी फर नेप्लिज डाक्टर्स अफ बंगलादेश’को केन्द्रीय कार्यकारी समिति घोषणा गरेर अध्यक्षमा डा.दिनेश कोइरालालाई चयन गरेको छ ।
नेपाल मेडिकल एशोसिएसनका पूर्वअध्यक्ष डा. अन्जनी कुमार झाको प्रमुख आतिथ्यता तथा धरानमा कार्यरत अर्थोपेडिक सर्जन प्रो.डा. पशुपति चौधरीको विशेष उपस्थितिमा शुक्रबार एशोसिएसनको कार्यालय बागबजारमा एक भेलाबाट सम्पन्न गरेर कार्यसमिति घोषणा गरेको हो ।यो बंगलादेशबाट चिकित्सा शिक्षा अध्ययन गरी नेपाल फर्किएका नेपाली चिकित्सकहरूको संगठन हो।
संस्थापक डा. राकेश शाहले डा. कोइरालाको नेतृत्वमा कार्यसमिति घोषणा गरेका थिए । डा. कोइराला त्रिभुवन विश्वविद्यालय टिचिङ अस्प्तालमा ३ वर्षदेखि पेडियाट्रिक सर्जनका रुपमा कार्यरत छन् ।
कार्यसमितिको उपाध्यक्षमा डा. विश्व पोखरेल(कार्डियो थ्रोरिक एण्ड भासकुलर सर्जन), डा. ललित कुमार दास(जिआई एण्ड लिभर ट्रान्सप्लान्ट सर्जन) र डा. रिता कुमारी महासेठ(रेडियो अनक्लोजिस्ट) रहेका छन् ।
डा. मुकेश प्रसाद साह(ग्याष्ट्रो एन्ट्रोलोजिस्ट) महासचिवमा चयन गरिएका छन् भने डा. सन्तोष मानन्धर सहसचिव रहेका छन् ।
त्यस्तै डा. शुभ श्रेष्ठ(गाइनोलोजिष्ट), कोषाध्यक्ष र डा. मिथिलेश यादव सहकोषाध्यक्ष रहेका छन् ।
प्रमुख संपादकमा डा. अमरेश कर्ण र सदस्यमा डा. शिवा थकाली, डा. बसन्त बराल, डा. निराजन साह, डा. अर्चना श्रेष्ठ यादव, डा. रितेश घिमिरे, डा. अमृता श्रेष्ठ, डा. नेहाल असरफ, डा. उपसना शर्मा र डा. पिंकी साह रहेका छन् । संस्थापक डा. राकेश साहका अनुसार उनीहरुलाई संस्थाको विभिन्न संयोजनको जिम्मेवारी पनि दिइएको छ ।
डा. नेहाल नेपाल मेडिकल एसोसिएसन अन्तर्गत जुनियर डाक्टरस कमिटीको केन्द्रिय सदस्य पनि छन
प्रमुख अतिथि डा. झाले कार्यसमितिलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । सो अवसरमा डा. रवि रोशन खड्का, डा. सुनिल मारिक, डा. प्रकाश पञ्जियार, डा. सन्जित कुमार साह, डा. शिरिस सिलवाल, डा. सुलभ कार्की र डा. सञ्जय गुप्ताको समेत उपस्थिति रहेको थियो ।
संस्थापक डा. साहका अनुसार संस्था स्थापनाबारे आठ वर्ष अघि नै सोच बनाइएको हो । उनका अनुसार बंगलादेशबाट एमबिबिएस, बिडिएस, एमडि, एमएस र एमडिएस गरी फिर्किएकाहरुलाई फेसबुकमा ग्रुप तथा पेज बनाएर निरन्तर सम्पर्कमा रहने र एकापसमा सहयोग गर्ने काम भैरहेको थियो । संस्थापक साह समितिको अन्तर्राष्ट्रिय मामिला संयोजकको समेत जिम्मेवारीमा छन् ।
डा. साह हालैमात्र एमबिबिएस र एमएस गरी फर्किएका हुन् । विश्वमा रहेका नेपाली विद्यार्थीहरुको संस्था WNSO को बंगलादेश शाखाका संस्थापक अध्यक्ष समेत रहेका डा. साहले बंगलादेशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्दै आएका छन् ।
संस्था स्थापना गर्नु अघि बंगलादेशबाटै अध्ययन गरी फर्किएकावरिष्ठ चिकित्सकहरु संग समेत सल्लाह गरिएको जानकारी दिँदै डा साह संस्थाले लिएको उद्देश्य पुरा गर्न आगामी दिनमा पनि सबै डाक्टरहरुको समर्थन आवश्यक रहेकोमा जोड दिएका छन् । उनले सबैलाई संस्थामा जोडिन र संस्थालाई अझ उचाईमा पुर्याउन अनुरोध समेत गरेका छन् ।
नेपाल चिकित्सक संघ का केन्द्रीय अध्यक्ष डा. लोचन कार्की, महासचिव डा.बद्री रिजाल र सह-कोषअध्यक्ष डा. विश्व दवाडी ज्युले यश सोसाइटीलाई शुभकामना दिदै यस्को सफलताको काममा पनि गरेका छन। मिडिया co-ordinator डा. नेहालका अनुसार यस सोसाइटीको advisory commiitee र प्रादेशिक कमिटी पनि चाडैं गठन हुने बताएका छन
Comments 1