काठमाडौं, १० मंसिर २०८०
वरिष्ठ न्युरोसर्जन डा. यम बहादुर रोकाको अध्यक्षतामा नेपाल न्यूरोर्सजन समाजको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।
यस कार्यसमिति २०२३ – २०२५ को लागि नेपालमा न्यूरोसर्जरी विधालाई अझ अघि बढाउन काम गर्ने छ। निर्वाचिन आयुक्त डा. कृष्ण शर्मा, डा. विक्रम शाक्य र डा. करुणा ताम्राकारले कात्तिक २० गते नतिजा सार्वजनिक गर्नु भएको थियो ।
समाजमा एक सय चौध जना सदस्य रहेका न्यूरोसर्जनहरु मध्ये विभिन्न पदहरूमा सर्वसम्मत निर्वाचन भएका छन् ।
शनिबार लाजिम्पाट स्थित शंकर होटेलमा एक कार्यक्रमका बिच नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष डा. यम बहादुर रोका, प्रा-डा राजीव झा, President Elect, र डा. सुदन ढकाललाई उपाध्यक्षमा चयन भएका छन् ।
त्यस्तैगरी सचिबमा डा. गोपाल सेडाई तथा डा. प्रकाश काफ्ले र डा. सुरज थुलुङ्गलाई सह सचिवमा नियुक्त गर्नुभएका छ्न भने कोषाध्यक्षमा डा. विनोद राजभण्डारी चयन भएका छन ।
त्यस्तै सदस्यहरूमा डा. अनिस मान सिंह, डा. मनिष कोलाक्षपति, डा. माया भट्टचन, डा. राजीव शाह, डा. प्रत्युश श्रेष्ठ र डा. समीर अर्याल रहनु भएको छ।
डा. राजीव झाले सम्बन्धित क्षेत्रको विज्ञहरुले समयसमयमा बसेर न्युरोसर्जनका समस्याहरु समाधान गर्ने र नयाँ नयाँ प्रविधीहरुबाट प्रत्यक्ष तथा अनलाईनबाट छलफल गर्ने बताउनुभयो ।
समाजले नियमित प्रकाशन गर्ने जर्नलको प्रमुख सम्पादकमा डा. रेशा श्रेष्ठ हुनुहुन्छ।