काठमाडौं, १४ जेठ २०८०
नेपालका भेटेरिनरी डाक्टरहरुको छाता संगठन नेपाल भेटेरिनरी एसोसिएशनको नयाँ नेतृत्व निर्वाचित भएको छ ।
महाधिवेशनमा डा. रामकृष्ण खतिवडा अध्यक्षमा र पर्वतका डा. केदार सुवेदी महासचिवमा सर्वाधिक मतसहित बिजयी भएका छन । डा. सुवेदीले ४९० मत ल्याउदा उनका प्रतिष्पर्धी डा. योगेन्द्रराज पन्तले १४८ मत पाएका थिए ।
शुक्रवार र शनिवार काठमाडौंमा सम्पन्न एशोसिएसनको केन्द्रिय कार्यसमितिको अधिवेशनले डा. रामकृष्ण खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा डा. खतिवडा ३८० मत ल्याएर विजयी भएका हुन् । उनले डा. कृष्ण काफ्लेलाई पराजित गरे । काफ्लेले २६५ मत पाएका थिए । त्यसैगरि उपाध्यक्षमा डा. अशेष भट्टराई ३४५ मत पाएर विजयी बन्दा उनका निकटम् प्रतिष्पर्धी डा. अर्जुन अर्यालले २९७ मत पाएका थिए ।
त्यस्तै सचिवमा डा. शंकर न्यौपाने, कोषाध्यक्षमा डा. सिकेश मानन्धर निर्वाचित भएका छन् । न्यौपानेले ३७६ मतका साथ विजयी भएका हुन भने मानन्धर ३४९ मतका साथ विजयी भएका हुन् ।
सदस्यहरुमा डा. नविन पन्थी, डा. निकेश खनाल, डा. मलिसा श्रेष्ठ, डा. लोकेन्द्र न्यौपाने, डा. शत्रुधन शाह र डा. सुमित श्रेष्ठ निर्वाचित भएका छन् ।