आज मिति : २०८२ जेष्ठ ४
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

कोरोना रोकथाम, शुरक्षा र सहयोग बढाऊँदै नेपाल रेडक्रस #Covid19

HNN Staff by HNN Staff
April 17, 2020
in News
A A
4
Redcross hotline 1130 volunteer receiving calls

Redcross hotline 1130 volunteer receiving calls

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

कोभिड–१९ (कोरोना भाइरस) रोकथाम र प्रतिकार्यको लागि नेपाल रेडक्रसले आपतकालीन सेवालाई सजगताका साथ तिब्रता दिएको छ । सोसाइटीका सवै निकायहरुले शाखाहरुले सामुदायिक परिचालन र क्वारेन्टाइनमा सहयोग गरेका छन् ।

देशभरीका क्वारेन्टाइन क्षेत्रमा संस्थाबाट  ३  हजार ४ सय ८९ कम्मल, २ हजार २ सय तारपोलिन र टेन्ट, १ हजार १ सय ४२ बाल्टी र जग, ५ हजार १ सय साबुन, १ हजार ५ सय ३ वटा म्याट्रेस, २ सय ५३ तन्ना, १ हजार २ सय झुल, लगायतको सामग्री सहयोग उपलव्ध गराइएको छ । देश भरीमा गरिएका सेवाको दैनिक अपडेट सम्बन्धित अधिकारीहरुलाई दिइएको छ र अहिलेसम्म ४९ वटा अपडेट प्रकाशन गरिएको छ ।

नेपाल रेडक्रसका उप महामन्त्री हरि प्रसाद न्यौपानेले भन्नुभयो ः ”नेपाल सरकारको स्वास्थ्य मन्त्रालयसंग निकटमा रही सन् २०२० को जनवरीदेखि कोरोना भाइरसको प्रतिकार्य र रोकथाममा नेरेसोले काम गर्दै आएको हो । समस्याको सुरु हुने वित्तिकै नेरेसो आपत्कालीन अपरेसन सेन्टरलाई सक्रिय बनाइयो । सोही अनुसार जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तर्राष्ट्रिय महासँघ, यूएन, लगायतका निकायसँग आवश्यक समन्वय गरी काम भइरहेको छ । ”

Redcross support to Govt and security force for quarentine setup

युवा स्वयंसेवकरु सक्रिय ः १ लाख ४२ हजारमा पुगियो ।
समुदायमा चेतना कार्यक्रम, स्थानीय संघ सस्थाहरूसँग बैठक, सूचना, शिक्षा तथा सञ्चार सामग्रीको वितरण,  एफ एम रेडियो मार्फत् समुदायलाई आवश्यक सही सूचनाहरू प्रचारप्रसार गतिविधिहरुमा नेरेसोका युवा स्वयंसेवकहरु परिचालित भएका छन्। अग्रपंतिका स्वयंसेवकहरुले हात धुने अभियान, जानकारी पत्र वितरण, माइकिङ, औषधि छर्ने, मास्कहरुको वितरण गर्ने, जस्ता कामहरु लकडाउनमा पनि स्थानीय निकायहरुको सहकार्यमा गरिरहेका छन् ।

Cover coughs and sneeze
Cover coughs and sneeze

यस्तो गतिविधिबाट १ लाख ४२ हजार ५६ जना प्रत्यक्ष लाभान्वित भएका छन् । ५ लाख अठारहजार थान पम्प्लेट, फ्लेक्स र स्टीकरहरु वितरण गरिएको छ ।  अस्पताल र क्वारेन्टाइनका हेल्प डेक्समा ९ सय १४ जना स्वयंसेवकहरु खटिएका छन् । त्यस्तै हात धुने अभ्यास शिक्षा २ हजार २२ जनालाई दिइएको छ भने मनोवैज्ञानिक सहयोग आवश्यक परेका ८१ जनालाई टेलिफोनमार्फत् सहयोग गरिएको छ ।

भावी कार्यक्रमबारे नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले भन्नुभयो ः क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पु¥याउने गरी प्रतिकार्य गतिविधिको कार्यविधि र कार्ययोजना नै तयार भैसकेको छ । सामुदायिक आवश्यकता र संलग्नताको अवधारणा बमोजिम जनचेतनामूलक र सहयोग कार्यक्रमहरु केन्द्रदेखि जिल्लास्तरमा सञ्चालन हुनेछन् ।स्रोतको उपलव्धता अनुसार तनहुँ, कास्की, ललितपुर लगायतका जिल्लामा अपांगता भएका, अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

नेरेसोको निशुल्क हटलाईन् ११३० सञ्चालन गरिएको छ जसमा लकडाउन पछि १७५ कलको सम्बोधन गरिएको छ । त्यस्तै मनोबैज्ञानिक समस्या, महिला तथा बालबालिका हिंसा विषयमा परामर्शको लागि छुट्टै दक्ष समूह बनाइएको छ ।

विभिन्न तरिकाले फैलिएको अफवाह वा भ्रम कम गराई मानसिक दवाव, पीडा, डरका साथै समुदायमा हुनसक्ने हेयभाव कम गराउन तर्फपनि वेभ, सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन जस्ता माध्यमबाट सञ्चार भइरहेको छ ।  कोभिड सचेतनाका विविध विषयलाई समेटिने गरी २५ वटा रेडियो कार्यक्रम विभिन्न एफएम स्टेशनबाट प्रसारित भैसकेका छन् ।

युवालाई थप सक्रिय बनाउन सामाजिक सञ्जाल स्वयंसेवा समूहलाई सक्रिय बनाइएको छ र यो “NRCS Social Media Volunteers on COVID-19”    मा ७५० वढी स्वयंसेवकहरु आवद्ध भैसकेका छन् ।

Redcross Help desk at Hospital
Redcross Help desk at Hospital

सहयोगका साथै व्यक्तिगत सुरक्षाको प्रवन्ध
अस्पताल तथा स्वास्थ्य डेस्कमा रेडक्रस स्वयंसेवक र कर्मचारीहरुले देशका विभिन्न हव अस्पतालका हेल्प डेक्समा सहयोग गरिरहेका छन् । यसैवीच थप सजगता अपनाऊन केन्द्रीय कार्यालयमा लगायत सवै कार्यस्थलमा प्रवेश गर्ने कर्मचारी तथा स्वयंसेवकको तापक्रम नाप गर्ने, गेटबाट पस्ने वित्तिकै हात धुने, बैठक बस्नै परेमा दुरी कायम गर्ने उपायहरु अवलम्बन गरिएको छ । रक्तसञ्चार केन्द्रमा रगतको मागको लागि आऊने विरामीका आफन्तहरुलाई पनि यस्तै शुरक्षाका उपायहरु अपनाइएका छन् । ३४२ परिवारलाई सरसफाई किट उपलव्ध गराइएको छ ।

देशभरीमा ३०० जना रक्तसञ्चार सेवामा कार्यरत कर्मचारी र २४० एम्बुलेन्सहरुलाई फूलबडी गाउन उपलव्ध गराइएको छ । समुदायको सहयोगको लागि एकलाख एकसय मास्क र ग्लोब वितरण गरिएको छ ।

जिल्ला जिल्लामा कोभिड १९ मा खटिने स्वयंसेवकलाई दुर शिक्षाबाट प्रविधिको प्रयोगबाट तालिम दिइएको छ । १०० जना एम्बुलेन्स चालकलाई शुरक्षा सम्बन्धी दुर शिक्षाबाट जानकारी दिइएको छ ।

काभ्रे र सिन्धुपाल्चोकमा चल्ने सवै संस्थाका एम्बुलेन्सको  compartment    नेरेसोको अगुवाइमा भैरहेको छ । धनुषा, कञ्चनपुरमा शाखा आफैको पहलमा र कतिपयमा सरकार वा समितिको सहयोगमा सो काम भैरहेको छ ।

शव व्यवस्थापनमा सहयोग ः नेपाल प्रहरीको विपत् व्यवस्थापन विभागलाई १५० थान शव व्यवस्थापन व्याग उपलव्ध गराइएको छ । त्यस्तै धुलिखेल अस्पताललाई ५० वटा  तथा नेपाली सेनालाई  ५० वटा व्याग दिइएको छ ।
पारिवारिक सम्पर्क स्थापना, कैदीबन्दीहरु लाई सहयोग,  मनोसामाजिक परामर्श तथा सहयोग जस्ता क्षेत्रमा काम गरी जीवन सहज बनाउन रेडक्रसकर्मीहरु खटिएका छन् । केन्द्रीय कारागरमा १० थान टेन्ट उपलव्ध गराईएको छ ।

जिल्लाहरुको विशेष सहयोग
भक्तपुर शाखाले जिल्लाका ४ वटा हरेक नगरपालिकालाई एक एक लाख सहयोग उपलव्ध गराएको छ ।

निर्देशिकाहरु तयारीः
अहिले काम गर्ने तरीकालाई निर्देशित गर्न  COVID-19 response Guideline  तयारी गरी निकायहरुमा पठाइएको छ । यसले नेरेसोका विभिन्न निकायहरु र स्वयंसेवकको भूमिका प्रष्ट पारेको छ । त्यस्तै संक्रमण रोकथामको लागि चाल्नुपर्ने व्यवहारिक कदमको लागि Infection, prevention and control (IPC) guideline  तयारी गरिएको छ । यसैगरी पारिबारिक सम्पर्कको पुनस्थापनाको लागि निर्देशिका पनि तयार भएको छ ।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: Corona Virus #Covid19Red Cross
Nisarga hospital Dhangadhi
Previous Post

दार्चुलामा कालाजारका बिरामी देखिए।

Next Post

बिभागमा बिना दर्ता स्यानेटाइजर बिक्री बितरण गर्दै

Related articles

राष्ट्रिय चिकित्सक संघ मधेश प्रदेशको पहिलो कार्यसमिति गठन
News

राष्ट्रिय चिकित्सक संघ मधेश प्रदेशको पहिलो कार्यसमिति गठन

11 hours ago
782
ग्रीनल्यान्डका विद्यार्थीलाई मानसिक स्वास्थ्य सचेतना
News

ग्रीनल्यान्डका विद्यार्थीलाई मानसिक स्वास्थ्य सचेतना

12 hours ago
781
शुक्रा हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टर तेस्रो बर्षमा प्रवेश
News

शुक्रा हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टर तेस्रो बर्षमा प्रवेश

12 hours ago
780
आठ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भयो नेपाल जनस्वास्थ्य सम्मेलन
News

आठ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भयो नेपाल जनस्वास्थ्य सम्मेलन

22 hours ago
785
आधारभूत अस्पताल सञ्चालन मापदण्डमा दन्त चिकित्सकको माग नसमेटिएको भन्दै एशोसिएशनले देशभरको सेवा ठप्प पार्ने चेतावनी
News

आधारभूत अस्पताल सञ्चालन मापदण्डमा दन्त चिकित्सकको माग नसमेटिएको भन्दै एशोसिएशनले देशभरको सेवा ठप्प पार्ने चेतावनी

23 hours ago
792
स्वास्थ्य पत्रकार कल्पना आचार्यलाई रोटरी जर्नो अवार्ड
News

स्वास्थ्य पत्रकार कल्पना आचार्यलाई रोटरी जर्नो अवार्ड

1 day ago
780
Next Post
Aura Safe with Aloe Vera Essence Hand Sanitizer

बिभागमा बिना दर्ता स्यानेटाइजर बिक्री बितरण गर्दै

Comments 4

  1. Pingback: असार अन्तिम साता रेडक्रसको महाधिवेशन हुने: बाधा अड्काऊ परेमा फुकुवा गरिने – Health News Nepal
  2. Pingback: स्वास्थ्य पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न #Rehabilitation • Health News Nepal
  3. Pingback: कोभिड १९ ले सिर्जना हुने मनोबैज्ञानिक असर न्यूनीकरण गर्न मानोपरामर्श तालिम #Covid19 • Health News Nepal
  4. Pingback: रेडक्रसद्वारा ४३ विपन्न परिवारलाई कम्बल वितरण #Redcross • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: ictformedia@gmail.com

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,024)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...