Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार २२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

फर्मा एक्स्पोको दोस्रो दिन दर्शकको उत्साहजनक उपस्थिति

Nam Raj Bhatta by Nam Raj Bhatta
March 9, 2024
in News
A A
0
फर्मा एक्स्पोको दोस्रो दिन दर्शकको उत्साहजनक उपस्थिति
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

चितवन, २६ फागुन २०८०

भरतपुरमा जारी नवौं नेपाल फर्मा एक्स्पो २०२४ मा दर्शकको उत्साहजनक उपस्थिति रहेको छ । तीन दिनसम्म सञ्चालन एक्स्पोको दोस्रो दिन शनिबार दर्शकहरुको भिड लागेको हो ।

नेपाल औषधि उत्पादक संघ (एपोन) का उपाध्यक्ष एवं एक्स्पोका मिडिया संयोजक सन्तोष बरालका अनुसार एक्स्पोमा सोचेभन्दा राम्रो दर्शकको उपस्थिति रहेको छ । उहाँले भन्नुभयो “हाम्रो अपेक्षाभन्दा धेरै दर्शक एक्स्पोमा आउनु भएको छ । चितवन सहित बाहिरी जिल्लाबाट समेत दर्शक आईरहनु भएको छ ।” आफूहरुले तीन दिनको अवधिमा २५ हजारले अवलोकन गर्ने अपेक्षा गरेकोमा यो संख्या बढ्ने उहाँको अनुमान छ । FB IMG 1709985222026

एक्स्पो अवलोकन गर्न आउनु भएका नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल बिक्रम कार्की आम सर्वसाधारण पनि एक्स्पोमा आउनु पर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “आफू बिरामी हुँदा कस्तो औषधि खाईरहेका छौं ? नेपाली औषधिको गुणस्तर कस्तो रहेछ ? औषधि कसरी बन्दो रहेछ ? औषधि बनाउन के के प्रविधिको प्रयोग हुँदो रहेछ ? भन्ने कुरा यहाँ आएपछि प्रष्ट हुन्छ ।”IMG 20240309 WA0006

औषधि कसरी सुरक्षित र रोगलाई निको पार्ने बनाईन्छ भन्ने कुरा एक्स्पोबाट प्रष्ट हुने भन्दै उहाँले “स्वदेशी औषधि उद्योगले विगत ५५ वर्षदेखि सेवा गरिरहनु भएको छ । उहाँहरुको मनोबल बढाउन पनि एक्स्पो अवलोकन गर्नुपर्छ ।”

विदेशी औषधि मात्रै गुणस्तरीय हुन्छन्, नेपाली गुणस्तरीय हुँदैन भन्ने ठूलो भ्रम सर्वसाधारणमा रहेको भन्दै उहाँले भन्नुभयो “त्यो भ्रम चिर्नलाई पनि एक्स्पोले मद्दत गर्छ ।” नेपालमा साधारण औषधिदेखि क्यान्सर लगायत जटिल रोगसम्मका औषधि बनेको भन्दै विश्व बजार र नेपाली उत्पादनमा फरक छ कि छैन भन्ने सुनिश्चित गर्न पनि एक्स्पो अवलोकन गर्नुपर्ने उहाँको भनाई छ ।FB IMG 1709985101414

एक्स्पो अवलोकनपछि उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम आफू औषधिका विषयमा जानकार नभएपनि औषधि उद्योगका लागि आवश्यक पर्ने विचारदेखि लिएर व्यवहारसम्म र उद्योगदेखि उत्पादन हुँदै बजारीकरणसम्मको ज्ञान यहाँबाट पाईएको बताउनुभयो । उहाँले औषधि र औषधिजन्य उद्योग व्यवसायमा काम गर्ने सोच भएकाहरुलाई पनि एक्स्पो फलदायी हुने बताउनुभयो । एक्स्पो अत्यन्त व्यवस्थित र हार्दिकतापूर्ण आफूले पाएको बताउँदै चितवनमा गरिने हरेक प्रकारका मेला महोत्सव यही प्रदर्शनी केन्द्रमा गर्नुपर्ने सुझाव दिनुभयो ।

एक्स्पोमा विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरुको पनि बाक्लो उपस्थिति रहेको छ । मेडिकल शिक्षासँग विज्ञानका विद्यर्थीहरुले एक्स्पो रुचिपूर्वक अवलोकन गरिरहेका थिए । कलेज तथा विद्यालयहरुले विद्यालयकै बसमा विद्यार्थी अवलोकनका लागि ल्याईरहेका छन् ।

भोलिसम्म सञ्चालन हुने एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले औषधि उद्योगका लागि आवश्यक पर्ने मेसिन, उपकरण, प्रयोगशाला, कच्चापदार्थ, प्याकेजिङ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल राखिएको छ ।

एक्स्पोका संयोजक प्रभात रुङ्गटाले यहाँ अवलोकन गरेर फर्किएका सर्वसाधारण नेपाली औषधिप्रति विश्वस्त भएर फर्किएको बताउनुभयो । नेपाली औषधि उद्योगले पनि विदेशी उद्योग सरह कच्चा पदार्थ, मेसिन र उपकरण प्रयोग गर्दा रहेछन् भन्ने कुरा छर्लङ भएको धेरै प्रतिक्रिया पाएको उहाँको भनाई छ ।

Tags: #government of NepalNepal pharma Expo 2024
Nisarga hospital Dhangadhi
Previous Post

वीर अस्पतालमा डिप ब्रेन स्टुम्युलेसन उपचार विधि प्रयोगमा ल्याइँदै

Next Post

नेपाल फर्मा एक्स्पो: नेपालमा पहिलो पटक ‘ड्राईपाउडर ईनहेलर’ उत्पादन शुरु

Related articles

आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाको जोड
News

आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाको जोड

8 hours ago
780
डाक्टर कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन
News

चिकित्सकले असार २४ गते मेडिकल काउन्सिलको प्रमाणपत्र बुझाउने

1 day ago
784
Nepal Medical Association
News

उपभोक्ता अदालत विषयमा असन्तुष्टि जनाउँदै चिकित्सक संघले चरणबद्ध आन्दोलनको घोषणा

1 day ago
782
सातबुँदे घोषणापत्र जारी गर्दै ‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
News

सातबुँदे घोषणापत्र जारी गर्दै ‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

2 days ago
782
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमाले अब बीमितका लागि देशभरका प्रथम सेवा बिन्दु खुल्ला गर्ने

2 days ago
786
डडेल्धुराको अजयमेरु सुदूरपश्चिमकै पहिलो पूर्णसंस्थागत प्रसूति पालिका घोषणा
News

डडेल्धुराको अजयमेरु सुदूरपश्चिमकै पहिलो पूर्णसंस्थागत प्रसूति पालिका घोषणा

2 days ago
788
Next Post
नेपाल फर्मा एक्स्पो: नेपालमा पहिलो पटक ‘ड्राईपाउडर ईनहेलर’ उत्पादन शुरु

नेपाल फर्मा एक्स्पो: नेपालमा पहिलो पटक ‘ड्राईपाउडर ईनहेलर’ उत्पादन शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,115)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...