काठमाडौं, २६ असोज २०८०
सन् १९९८ को अक्टोवर ८ तारिखदेखि हरेक बर्ष अक्टोबर महिनाको दोस्रो बिहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउँदै आइएकोमा नेपाल नेत्रज्योति संघले यो बर्षपनि विश्वभरी नै ‘कार्यस्थलमा आँखालाई माया गरौं’ भन्ने मुल नारा सहित विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
विश्वमा अन्धोपनाको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिबृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन फर द ब्लाइन्डनेस आईएपिबीले संयुक्त रुपमा मनाउन सुरु गरेको विश्वदृष्टि दिवस यो बर्ष ‘कार्यस्थलमा आँखालाई माया गरौं’ भन्ने नाराका साथ आज अक्टोवर १२ तारिख ९असोज २५ गते०का दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
नेपाल नेत्रज्योति संघ अन्तरगतका २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरुले देशैभरी विभिन्न क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीहरुको आँखा जाँच सहित विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरी मनाईएको हो ।
संघले दृष्टिदिवसकै अवसरमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले टिकटक प्रतियोगिता समेत आयोजना गरेको थियो भने, काठमांडौको त्रिपुरेश्वर, बानेश्वर र कोटेश्वरमा रहेका डिजिटल बोर्डहरुमा समेत जनचेतना मुलक भिडियो प्रसारण गरिरहेको छ ।