Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

आँखासंगै कान उपचार सेवा विस्तारको योजनामा नेत्रज्योति संघ दाङ

Nam Raj Bhatta by Nam Raj Bhatta
May 26, 2023
in News
Reading Time: 1 min read
A A
0
आँखासंगै कान उपचार सेवा विस्तारको योजनामा नेत्रज्योति संघ दाङ
623
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

लमही, १२ जेठ २०८०

नेपाल नेत्रज्योति संघ दाङले लमहीमा आँखासँगै कान उपचारको सेवा सञ्चालन गर्ने प्रयासमा जुटेको छ । लमही आँखा अस्पताल अन्तर्गत कान उपचारका लागि आवश्यक तयारी भइरहेको नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमख प्रशासक अधिकृत शम्शेर थापाले बताए ।

लमही नगरपालिका–५ रातोडाँडा स्थित नगर विकास समितिले उपलब्ध गराएको पाँच कठ्ठा जमिनमा भवन निर्माण गरेर कानसम्बन्धी समस्याका बिरामीलाई सेवा दिने प्रयासमा नेत्रज्योति संघ रहेको नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज, राप्ती आँखा अस्पतालका प्रमुख प्रशासक थापाले बताए । उनले भवन निर्माणसँगै कानसम्बन्धी विशेषज्ञ सेवा दिन सके देउखुरीसँगै जिल्लाका कानसँग सम्बन्धित बिरामीले सेवा लिन पाउने बताए । त्यसका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उनले बताए ।

आँखा उपचारका लागि अहिले काम गरिरहेको भन्दै कानसम्बन्धी उपचारको सेवा दिनसके धेरै जनताले सेवा पाउने बताए । जग्गा प्राप्त भए पनि लमहीका नगरका अघिल्लो जनप्रतिनिधि र प्रमुख प्रशासक कारण अस्पताल निर्माणमा ढिलाइ भएको बताए । ‘लमही नगर विकास समितिले उपलब्ध गराएको पाँच कठ्ठा जमिनमा कान उपचारका लागि अस्पताल निर्माण गर्ने कुरा थियो तर प्राविधिक कारण जग्गा आउन नसक्दा समस्या भएको थियो’, उनले भने, ‘अहिले फेरि अर्को ठाउँमा जग्गा उपलब्ध गराउने कुरा छ ।

उक्त जग्गामा भवन निर्माण गरेर कानसम्बन्धी सेवा दिने तयारीमा छौँ ।’ उनले नेपालमा एक लाख ३० हजार व्यक्ति दृष्टिविहीन रहेको जानकारी गराएका थिए । त्यसमध्ये ३० हजार २ सय ४० जना बच्चाहरू दृष्टिविहीन छन् भने ९० हजार बच्चाहरूमा न्यून दृष्टिविहीनको समस्या रहेको छ । नेपालमा ३० वर्षभन्दा मापथिका एक लाख मानिस जलबिन्दुको समस्या रहेको जानकारी गराएका थिए । यसैगरी एक लाख व्यक्ति मधुमेहका बिरामी छन् । जसमध्ये २० हजार व्यक्ति मधुमेहका कारण दृष्टिविहीन हुनुपरेको प्रमुख प्रशासक थापाले बताए । थापाले आर्थिक बर्ष २०८०/०८१ को लागि साझेदारी कार्यक्रमका योजना, यस आर्थिक बर्षमा गढवा, राजपुर, लमही नगरपालिका र वडाहरुले गरेका साझेदारी कार्यक्रम र सहयोगको वारेमा जानकारी गराएका थिए । उनले लमही आँखा अस्पतालको रणनितिक कार्ययोजना समेत प्रस्तुतिकरण गरेका थिए । चालु आर्थिक वर्षमा लमही नगरपालिका र गढवा गाउँपालिकाले आँखाको निःशुल्क उपचार सेवा प्रदान गरेका छन् । लमही नगरपालिकाका सबै वडाहरुमा निःशुल्क आँखा जाँच गरिएको छ । जाँच गरिएका छ सय ५० जनामध्ये चार सय छ जनाको मोतीबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । बाँकी दुई सय ४४ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।

गढवा गाउँपालिकाको सबै वडामा निःशुल्क आँखा जाँच गर्दा चार सय ६० जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको र तीन सय चारजनाको शल्यक्रिया गरिएको छ । अब एक सय ५६ जनाको शल्यक्रिया गर्न बाँकी छ । राजपुर गाउँपालिकामा पाँच सय ५१ र राप्ती गाउँपालिकामा आठ सय ९७ जनाको मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।

लमहीमा नेपाल नेत्रज्योति संघ आँखा अस्पताल कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही अस्पतालले आयोजना गरेको ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ विषयक अन्तर्क्रिया कार्यक्रममा प्रमुख प्रशासक थापाले लुम्बिनी प्रदेशमा विभिन्न कारणले एक लाख ९५ हजार एक सय २० जना आँखासम्बन्धी समस्या भएका बिरामी रहेको जानकारी गराएका थिए । उनकाअनुसार त्यसमा एक लाख १२ हजार ९ सय ६४ जना मोतियाबिन्दुका कारणले अन्धोपन भएका बिरामी रहेका छन् ।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रूपन्देहीमा २३ हजार ७ सय ५ जना मोतियाबिन्दुका बिरामी छन् । त्यसपछि क्रमशः कपिलवस्तुमा १४ हजार ८ सय ७१, दाङमा १४ हजार ४ सय २७, बाँकेमा १३ हजार ५ सय ४६, बर्दियामा १० हजार ६ सय ४१, नवलपरासीमा ८ हजार ३ सय २२, गुल्मीमा ५ हजार ५ सय ९१, पाल्पामा ५ हजार ४ सय ३५, प्युठानमा ५ हजार ३ सय ५०, रोल्पामा ५ हजार २ सय ४, अर्घाखाँचीमा ४ हजार ४ सय ५८ र रुकुममा एक हजार २ सय ९१ जना मोतियाबिन्दुका बिरामी रहेको उनले कार्यक्रममा जानकारी गराएका थिए ।

आखाँ उपचारमा सहयोग गर्ने प्रतिबद्धता

यसैबीच छलफल कार्यक्रममा बोल्ने वक्ताले आँखासँगै कानको उपचार गर्ने सवालमा सबै क्षेत्रको सहयोगसँगै साझेदारी आवश्यक रहेको बताएका थिए । मानवीय सेवाको सबैभन्दा महत्वपूर्ण सेवा भनेकै आँखा उपचार सेवा भएको भन्दै सहभागी वक्ताले आँखा उपचार सेवामा स्थानीय तह, संघसंस्थालगायतको समन्वय र साझेदारी आवश्यक रहेको बताएका थिए ।Eye

कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले स्वास्थ्यका दृष्टिले आँखा उपचार सेवा महत्वपूर्ण भएको भन्दै आँखा उपचारलाई देउखुरीका चारवटै पालिकाले प्राथमिकतामा राख्नुपर्ने बताए । चारवटै पालिकासँगै नेत्रज्योति संघकाबीचमा सहकार्य र सम्झौता हुन आवश्यक रहेकोमा शर्माको जोड थियो ।

‘मानवीय स्वास्थ्यका दृष्टिमा आँखा उपचार महत्वपूर्ण सेवा हो’, जिल्ला समन्वय समितिका प्रमुख शर्माले भने, ‘त्यसमा चारवटै पालिकासँगै अस्पतालबीच समन्वय र सहकार्य हुन आवश्यक छ ।’ उनले स्थानीय तहहरूले गरिब तथा विपन्न नागरिकलाई देउखुरीमा सहजै आँखा उपचार सेवा दिने गरी लाग्नुपर्ने भन्दै त्यसका लागि आफुले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले आफ्नो पहिलो प्राथमिकता नै जनताको सेवा भएको भन्दै जनताको सेवाका लागि आफु जहिले पनि सकारात्मक रहेको बताए । जनताको सेवाका लागि आफुले काम गर्दै आएको भन्दै नगर प्रमुख चौधरीले आँखा उपचारसँगै कानसम्बन्धी उपचार गर्ने अस्पताल निर्माणका लागि समेत सहयोग गर्न तयार रहेको बताउनुभयो ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले राप्ती आँखा अस्पताललाई प्रदेशकै उत्कृष्ट आँखा अस्पतालको रूपमा विस्तार गर्नुपर्ने बताए । बिरामीलाई टाढा जानै नपर्ने गरेर लमही, तुलसीपुर र बहादुरगञ्जबाटै सेवा पाउने गरी सेवा प्रवाह गरिनुपर्ने बताए । आँखा अस्पतालले हालसम्म गरेका कामहरू सराहानीय भएको उल्लेख गर्दै यो अस्पतालमाको विकासका लागि प्रदेशका सबै जनप्रतिनिधिले आर्थिक रूपले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको आँखा स्वास्थ्य कार्यक्रमलाई प्रभावकारीसँगै जनतालाई सेवा पुर्याउन आफु प्रतिबद्ध रहेको बताए । पालिका अध्यक्ष शर्माले आँखा तथा कानसम्बन्धी उपचार सेवालाई सहज र प्रभावकारी बनाउन सहकार्य गर्ने बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले आँखा उपचार सेवालाई दीर्घकालीन रूपमा लैजाने गरी सोच्नुपर्ने बताएका थिए । दातृ नियकाको सहयोगले मात्रै नचल्ने भन्दै महत्वपूर्ण स्वास्थ्य सेवा भएकाले दीर्घकालीन रूपमा सफल बनाउन सबैले सोच्नुपर्ने बताए । साथै कार्यक्रममा कोइलावा आँखा अस्पतालको गुरुयोजना, पुनस्थापन कार्यक्रमलगायतका बारेमा जानकारी गराइएको थियो ।

नेपाल नेत्रज्योति संघ दाङका निवर्तमान उपसभापति तथा वर्तमान कार्यसमिति सदस्य रेशमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगी, लमही नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ओमप्रकाश सुवेदी, गढवा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष लेखबहादुर थापा, राजपुर गाउँपालिका वडा नं. २ का ओमप्रकाश यादवलगायत लमही अँखा अस्पताको विकाश र विस्तारमा सहयोग गर्ने बताएका थिए । कार्यक्रममा नेपाल नेत्रज्योति संघका सदस्य घनश्याम सुवेदीले साझेदारी कार्यक्रम र आगामी सहयोग साझेदारीको विषयमा प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

Tags: Corona Virus #Covid19Nepal Netra joyti sang
SummarizeShare271ScanTweet147

Related articles

कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
September 28, 2026
0

कलेजो रोग प्रत्यारोपणका क्षेत्रमा विकसित हुँदै आएका नयाँ उपचार विधि, शल्यक्रिया प्रविधि तथा चिकित्सकीय अनुभव आदान–प्रदान गर्ने उद्देश्यले काठमाडौंमा कलेजो प्रत्यारोपणसम्बन्धी विशेष चिकित्सकीय सम्मेलन सम्पन्न भएको छ। म्याक्स...

शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न

शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
September 28, 2026
0

मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सेजको Staff Development Plan अन्तर्गत शिक्षकहरूको क्षमता अभिवृद्धि तथा आपत्कालीन अवस्थामा जीवनरक्षा सम्बन्धी ज्ञान र सीप विकास गर्ने उद्देश्यले Basic Life Support (BLS)...

ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना कार्यक्रम

ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना कार्यक्रम

by Nam Raj Bhatta
September 27, 2026
0

ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना महिना सेप्टेम्बर २०२६ को अवसरमा “𝐎𝐮𝐫 𝐒𝐭𝐨𝐫𝐢𝐞𝐬. 𝐎𝐮𝐫 𝐌𝐨𝐯𝐞𝐦𝐞𝐧𝐭” विषयक 𝐏𝐀𝐍𝐄𝐋 𝐃𝐈𝐒𝐂𝐔𝐒𝐒𝐈𝐎𝐍आयोजना गरिएको छ। कार्यक्रममा अस्पतालका कन्सल्टेन्ट अन्कोलोजिस्ट प्रा. डा. राजीव कुमार...

नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण

नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण

by Nam Raj Bhatta
September 26, 2026
0

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट एमबीबीएस उत्तीर्ण गरी इन्टर्नसिप पूरा गरेका नवौँ ब्याचका ८५ नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति महारथी अशोकराज सिग्देलले प्रमाणपत्र वितरण गरेका छन्। बिहीबार आयोजित कार्यक्रममा...

Please login to join discussion
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    881 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    700 shares
    Share 301 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    700 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न
  • ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना कार्यक्रम
  • नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण
  • बोटुलिनम टक्सिनको प्रयोगबाट दुखाइ तथा न्युरोलोजिकल रोगको उपचारमा नयाँ सम्भावना

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.