आज मिति : २०८२ माघ १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

आँखासंगै कान उपचार सेवा विस्तारको योजनामा नेत्रज्योति संघ दाङ

Nam Raj Bhatta by Nam Raj Bhatta
May 26, 2023
in News
A A
0
आँखासंगै कान उपचार सेवा विस्तारको योजनामा नेत्रज्योति संघ दाङ
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

लमही, १२ जेठ २०८०

नेपाल नेत्रज्योति संघ दाङले लमहीमा आँखासँगै कान उपचारको सेवा सञ्चालन गर्ने प्रयासमा जुटेको छ । लमही आँखा अस्पताल अन्तर्गत कान उपचारका लागि आवश्यक तयारी भइरहेको नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमख प्रशासक अधिकृत शम्शेर थापाले बताए ।

लमही नगरपालिका–५ रातोडाँडा स्थित नगर विकास समितिले उपलब्ध गराएको पाँच कठ्ठा जमिनमा भवन निर्माण गरेर कानसम्बन्धी समस्याका बिरामीलाई सेवा दिने प्रयासमा नेत्रज्योति संघ रहेको नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज, राप्ती आँखा अस्पतालका प्रमुख प्रशासक थापाले बताए । उनले भवन निर्माणसँगै कानसम्बन्धी विशेषज्ञ सेवा दिन सके देउखुरीसँगै जिल्लाका कानसँग सम्बन्धित बिरामीले सेवा लिन पाउने बताए । त्यसका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उनले बताए ।

आँखा उपचारका लागि अहिले काम गरिरहेको भन्दै कानसम्बन्धी उपचारको सेवा दिनसके धेरै जनताले सेवा पाउने बताए । जग्गा प्राप्त भए पनि लमहीका नगरका अघिल्लो जनप्रतिनिधि र प्रमुख प्रशासक कारण अस्पताल निर्माणमा ढिलाइ भएको बताए । ‘लमही नगर विकास समितिले उपलब्ध गराएको पाँच कठ्ठा जमिनमा कान उपचारका लागि अस्पताल निर्माण गर्ने कुरा थियो तर प्राविधिक कारण जग्गा आउन नसक्दा समस्या भएको थियो’, उनले भने, ‘अहिले फेरि अर्को ठाउँमा जग्गा उपलब्ध गराउने कुरा छ ।

उक्त जग्गामा भवन निर्माण गरेर कानसम्बन्धी सेवा दिने तयारीमा छौँ ।’ उनले नेपालमा एक लाख ३० हजार व्यक्ति दृष्टिविहीन रहेको जानकारी गराएका थिए । त्यसमध्ये ३० हजार २ सय ४० जना बच्चाहरू दृष्टिविहीन छन् भने ९० हजार बच्चाहरूमा न्यून दृष्टिविहीनको समस्या रहेको छ । नेपालमा ३० वर्षभन्दा मापथिका एक लाख मानिस जलबिन्दुको समस्या रहेको जानकारी गराएका थिए । यसैगरी एक लाख व्यक्ति मधुमेहका बिरामी छन् । जसमध्ये २० हजार व्यक्ति मधुमेहका कारण दृष्टिविहीन हुनुपरेको प्रमुख प्रशासक थापाले बताए । थापाले आर्थिक बर्ष २०८०/०८१ को लागि साझेदारी कार्यक्रमका योजना, यस आर्थिक बर्षमा गढवा, राजपुर, लमही नगरपालिका र वडाहरुले गरेका साझेदारी कार्यक्रम र सहयोगको वारेमा जानकारी गराएका थिए । उनले लमही आँखा अस्पतालको रणनितिक कार्ययोजना समेत प्रस्तुतिकरण गरेका थिए । चालु आर्थिक वर्षमा लमही नगरपालिका र गढवा गाउँपालिकाले आँखाको निःशुल्क उपचार सेवा प्रदान गरेका छन् । लमही नगरपालिकाका सबै वडाहरुमा निःशुल्क आँखा जाँच गरिएको छ । जाँच गरिएका छ सय ५० जनामध्ये चार सय छ जनाको मोतीबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । बाँकी दुई सय ४४ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।

गढवा गाउँपालिकाको सबै वडामा निःशुल्क आँखा जाँच गर्दा चार सय ६० जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको र तीन सय चारजनाको शल्यक्रिया गरिएको छ । अब एक सय ५६ जनाको शल्यक्रिया गर्न बाँकी छ । राजपुर गाउँपालिकामा पाँच सय ५१ र राप्ती गाउँपालिकामा आठ सय ९७ जनाको मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।

लमहीमा नेपाल नेत्रज्योति संघ आँखा अस्पताल कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही अस्पतालले आयोजना गरेको ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ विषयक अन्तर्क्रिया कार्यक्रममा प्रमुख प्रशासक थापाले लुम्बिनी प्रदेशमा विभिन्न कारणले एक लाख ९५ हजार एक सय २० जना आँखासम्बन्धी समस्या भएका बिरामी रहेको जानकारी गराएका थिए । उनकाअनुसार त्यसमा एक लाख १२ हजार ९ सय ६४ जना मोतियाबिन्दुका कारणले अन्धोपन भएका बिरामी रहेका छन् ।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रूपन्देहीमा २३ हजार ७ सय ५ जना मोतियाबिन्दुका बिरामी छन् । त्यसपछि क्रमशः कपिलवस्तुमा १४ हजार ८ सय ७१, दाङमा १४ हजार ४ सय २७, बाँकेमा १३ हजार ५ सय ४६, बर्दियामा १० हजार ६ सय ४१, नवलपरासीमा ८ हजार ३ सय २२, गुल्मीमा ५ हजार ५ सय ९१, पाल्पामा ५ हजार ४ सय ३५, प्युठानमा ५ हजार ३ सय ५०, रोल्पामा ५ हजार २ सय ४, अर्घाखाँचीमा ४ हजार ४ सय ५८ र रुकुममा एक हजार २ सय ९१ जना मोतियाबिन्दुका बिरामी रहेको उनले कार्यक्रममा जानकारी गराएका थिए ।

आखाँ उपचारमा सहयोग गर्ने प्रतिबद्धता

यसैबीच छलफल कार्यक्रममा बोल्ने वक्ताले आँखासँगै कानको उपचार गर्ने सवालमा सबै क्षेत्रको सहयोगसँगै साझेदारी आवश्यक रहेको बताएका थिए । मानवीय सेवाको सबैभन्दा महत्वपूर्ण सेवा भनेकै आँखा उपचार सेवा भएको भन्दै सहभागी वक्ताले आँखा उपचार सेवामा स्थानीय तह, संघसंस्थालगायतको समन्वय र साझेदारी आवश्यक रहेको बताएका थिए ।Eye

कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले स्वास्थ्यका दृष्टिले आँखा उपचार सेवा महत्वपूर्ण भएको भन्दै आँखा उपचारलाई देउखुरीका चारवटै पालिकाले प्राथमिकतामा राख्नुपर्ने बताए । चारवटै पालिकासँगै नेत्रज्योति संघकाबीचमा सहकार्य र सम्झौता हुन आवश्यक रहेकोमा शर्माको जोड थियो ।

‘मानवीय स्वास्थ्यका दृष्टिमा आँखा उपचार महत्वपूर्ण सेवा हो’, जिल्ला समन्वय समितिका प्रमुख शर्माले भने, ‘त्यसमा चारवटै पालिकासँगै अस्पतालबीच समन्वय र सहकार्य हुन आवश्यक छ ।’ उनले स्थानीय तहहरूले गरिब तथा विपन्न नागरिकलाई देउखुरीमा सहजै आँखा उपचार सेवा दिने गरी लाग्नुपर्ने भन्दै त्यसका लागि आफुले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले आफ्नो पहिलो प्राथमिकता नै जनताको सेवा भएको भन्दै जनताको सेवाका लागि आफु जहिले पनि सकारात्मक रहेको बताए । जनताको सेवाका लागि आफुले काम गर्दै आएको भन्दै नगर प्रमुख चौधरीले आँखा उपचारसँगै कानसम्बन्धी उपचार गर्ने अस्पताल निर्माणका लागि समेत सहयोग गर्न तयार रहेको बताउनुभयो ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले राप्ती आँखा अस्पताललाई प्रदेशकै उत्कृष्ट आँखा अस्पतालको रूपमा विस्तार गर्नुपर्ने बताए । बिरामीलाई टाढा जानै नपर्ने गरेर लमही, तुलसीपुर र बहादुरगञ्जबाटै सेवा पाउने गरी सेवा प्रवाह गरिनुपर्ने बताए । आँखा अस्पतालले हालसम्म गरेका कामहरू सराहानीय भएको उल्लेख गर्दै यो अस्पतालमाको विकासका लागि प्रदेशका सबै जनप्रतिनिधिले आर्थिक रूपले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको आँखा स्वास्थ्य कार्यक्रमलाई प्रभावकारीसँगै जनतालाई सेवा पुर्याउन आफु प्रतिबद्ध रहेको बताए । पालिका अध्यक्ष शर्माले आँखा तथा कानसम्बन्धी उपचार सेवालाई सहज र प्रभावकारी बनाउन सहकार्य गर्ने बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले आँखा उपचार सेवालाई दीर्घकालीन रूपमा लैजाने गरी सोच्नुपर्ने बताएका थिए । दातृ नियकाको सहयोगले मात्रै नचल्ने भन्दै महत्वपूर्ण स्वास्थ्य सेवा भएकाले दीर्घकालीन रूपमा सफल बनाउन सबैले सोच्नुपर्ने बताए । साथै कार्यक्रममा कोइलावा आँखा अस्पतालको गुरुयोजना, पुनस्थापन कार्यक्रमलगायतका बारेमा जानकारी गराइएको थियो ।

नेपाल नेत्रज्योति संघ दाङका निवर्तमान उपसभापति तथा वर्तमान कार्यसमिति सदस्य रेशमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगी, लमही नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ओमप्रकाश सुवेदी, गढवा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष लेखबहादुर थापा, राजपुर गाउँपालिका वडा नं. २ का ओमप्रकाश यादवलगायत लमही अँखा अस्पताको विकाश र विस्तारमा सहयोग गर्ने बताएका थिए । कार्यक्रममा नेपाल नेत्रज्योति संघका सदस्य घनश्याम सुवेदीले साझेदारी कार्यक्रम र आगामी सहयोग साझेदारीको विषयमा प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

Tags: Corona Virus #Covid19Nepal Netra joyti sang
Previous Post

बझाङ जिल्ला अस्पताल न्यूनतम सेवा मापदण्डमा देशभरमै दोस्रो हुन सफल

Next Post

भरतपुर अस्पतालले स्वास्थ्य बीमामार्फत तीन महिनाको लागि आजदेखि औषधि दिदैं

Related articles

स्वास्थ्य बिमाले मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न स्वास्थ्य संस्थालाई अनुरोध
News

स्वास्थ्य बिमाले मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न स्वास्थ्य संस्थालाई अनुरोध

7 hours ago
1.6k
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. प्रधान नियुक्त
News

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. प्रधान नियुक्त

9 hours ago
1.6k
बी एन्ड बी अस्पतालमा ‘AKB Limb Fitting Centre’ औपचारिक रूपमा उद्घाटन
News

बी एन्ड बी अस्पतालमा ‘AKB Limb Fitting Centre’ औपचारिक रूपमा उद्घाटन

1 day ago
1.6k
बेनी अस्पतालमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न
News

बेनी अस्पतालमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न

2 days ago
1.6k
डेन्टल एसोसिएसनद्वारा उपचारसम्बन्धी जानकारी र सहमतिबारे एकदिने कार्यशाला गोष्ठी सम्पन्न
News

डेन्टल एसोसिएसनद्वारा उपचारसम्बन्धी जानकारी र सहमतिबारे एकदिने कार्यशाला गोष्ठी सम्पन्न

2 days ago
1.6k
स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास
News

स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास

3 days ago
1.6k
Next Post
Bharatpur hospital

भरतपुर अस्पतालले स्वास्थ्य बीमामार्फत तीन महिनाको लागि आजदेखि औषधि दिदैं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (131)
  • Disease (106)
  • English (51)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,420)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...