काठमाडौं, २८ कात्तिक २०७९
नेपाल नेसनल हस्पिटल र लाईन्स क्लब अफ काठमाडौँ कर्पोरेट नेपालको आयोजनामा आजदेखि वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।
कलंकीमा अवस्थित हस्पिटलमा विश्व मधुमेह दिवसको अवसर पारेर कार्तिक २८ गते देखि मंसिर ०२ गते सम्म शिविर सञ्चालन हुने भएको हो।
शिविरमा निःशुल्क सुगर प्रेसर बी. एम. आई सेवा र सम्पूर्ण विषेशज्ञ सेवा हुनेछ। अन्य सम्पूर्ण सेवामा २० देखि २५ प्रतिशत छुट हुनेछ।
शिविरको पहिलो दिन १९० जनाले निःशुल्क उपचार लिएका छन् । विश्वमा नसर्ने रोगको महामारीको कारणले धेरैले अकालमा ज्यान गुमाउनु परेको छ। जसअन्तर्गत चिनी रोग प्रमुख हो। यो रोग लागेपछि विभिन्न अंगमा असर पर्छ। जस्तै आँखामा, मुटु, मृगौला र नसामा धेरै समस्या आउँछ। रोगको समयमै पहिचान र नियमित चेक जाँच गर्न विशेषज्ञको परामर्श लिएर यस्ता नसर्ने रोगहरूबाट जोगिनु पर्ने अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश पौड्यालले बताउनुभयो।
शिविरको उद्घाटन लायन्स क्लवका प्रेसिडेन्ट शंकर घिमिरे, कान्तिपुर पब्लिकेशका प्रमुख अधिकृत महेश स्वार र थुप्रै लायन्स क्लबका सदस्य हरुको उपस्थित रहेको थियो।
कार्यक्रममा बोल्दै लाईन्सका अध्यक्ष घिमिरेले विभिन्न स्वास्थका कार्यक्रममा हामी हातेमालो गर्दा आगाडि बढ्नेछौ र आउँदा दिनहरूमा स्वास्थ्य सम्बन्धी जनचेतना अभिमुकारीकारण विभिन्न कार्यक्रम गर्ने बताउनु भयो। कार्यालयमा लायन्स क्लव सक्रिय सदस्य विजय महर्जनले सुगर जाँच स्ट्रिप उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो ।
नेपाल नेसनल हस्पिटलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको जानकारी दिँदै सबैले सेवा लिन आग्रह गरेको अस्पताल व्यवस्थापक समिर शर्माले जानकारी दिनुभयो ।