सरकारले नेपाल औषधी लिमिटेडमा रिक्त रहेको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त अध्यक्ष पदमा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा न्यौपानेको यो दोस्रो पटकको नियुक्ती हो । न्यौपानेले यसअघि २०७९ देखि २०८२ सालसम्मको पूर्ण कार्यकाल औषधी लिमिटेडको नेतृत्व गरेका थिए ।
२०६८ साल देखि २०७२ सालसम्म नेपाल फार्मेसी काउन्सिलको अध्यक्ष समेत रहेका न्यौपाने फार्मास्युटिकल क्षेत्रमा परिचित नाम हो । यसपटक न्यौपाने खुल्ला प्रतिस्पर्धाबाट सिफारिस भई नियुक्ती पाएका हुन्।






