नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्टारमा वरिष्ठ अर्थोपेडिक सर्जन डा. दीपेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ ।
मंगलबार स्वास्थ्यमन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका काउन्सिलको निमित्त रजिष्ट्रारको रुपमा दैनिक कामकाज गर्न डा. पाण्डेलाई जिम्मेवारी तोकेकी हुन् ।
डा. पाण्डे नेपाल मेडिकल काउन्सिलका सदस्य हुन।काउन्सिलमा यसअघि रजिष्ट्रार रहेका डा. सतिशकुमार देवलाई मन्त्रालयले गत साता पदमुक्त गरेको थियो।






