काठमाडौं, ४ पुस २०७९
नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा अध्यक्ष देखि सदस्य सम्म ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सोमवार संघको कार्यालयमा ४१ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
प्रजातान्त्रिक, प्रगतिशील र केहीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्। प्रजातान्त्रिक प्यानलबाट सबै पदमा उम्मेदवार उठाइएको छ भने प्रगतिशील प्यानलले केही पदबाहेक अधिकांसमा उम्मेदवार उठाएको छ। यस्तै केही चिकित्सकले एकल रुपमा उम्मेदवारी दिएका छन्।
प्रजातान्त्रिक प्यानलका पाँच जना निर्विरोध निर्वाचित भइसकेका छन्। संघको वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सह-कोषाध्यक्ष र सह-सचिवमा निर्विरोध निर्वाचित भएका हुन्।
संघको वरिष्ठ उपाध्यक्षमा डा. बद्री रिजाल, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा. नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा. केशरबहादुर ढकाल, सहकोषाध्यक्षमा डा. विक्रान्त ढकाल र सहसचिवमा डा. लिजन महर्जन निर्विरोध निर्वाचित भएका हुन्।
मनोनयनको लागि निर्धारित समयमा उक्त पदमा एकल अम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। यद्यपी निर्वाचन समितिले भने आधिकारिक घोषणा गर्न बाँकी छ।
अध्यक्ष र महासचिवमा तीन/तीन जनाको उम्मेदवारी परेको छ। प्रजातान्त्रिक प्यानलबाट डा. अनिल विक्रम कार्की अध्यक्षका उम्मेदवार छन्। प्रगतिशील प्यानलबाट डा. सन्तोष पौडेल र एकलबाट डा. शिवजी सिलवालले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
यस्तै महासचिवमा प्रजातान्त्रिक प्यानलबाट डा. सञ्जिव तिवारी, प्रगतिशील प्यालनबाट डा. रक्षा श्रेष्ठ र डा. अमृत भुसालले एकल उम्मेदवारी दिएका छन्।
प्रजातान्त्रिक प्यानलबाट कुन पदमा कसको उम्मेदवारी
अध्यक्षमा डा. अनिल विक्रम कार्की, वरिष्ठ उपाध्यक्षमा डा. बद्री रिजाल, उपाध्यक्ष (प्रदेश १) मा डा. विपेश आचार्य, उपाध्यक्ष (मधेश प्रदेश) मा डा. निरजकुमार सिंह, उपाध्यक्ष (बागमती प्रदेश) मा डा. प्रकाश बुढाथोकी, उपाध्यक्ष (गण्डकी प्रदेश) मा डा. राजन शर्मा, उपाध्यक्ष (लुम्बिनी प्रदेश) मा डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष (कर्णाली प्रदेश) मा डा. केशरबहादुर ढकाल, उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश)मा डा. प्रशान्त भट्ट छन्।
यस्तैगरि, महासचिवमा डा. सञ्जिव तिवारी, कोषाध्यक्षमा डा. प्रमोद जोशी, सहसचिवमा डा. लिजन महर्जन, सहकोषाध्यक्षमा डा. विक्रान्त ढकाल, सदस्यहरुमा डा. किशोर खत्री, डा. मनोर दिन सैयद, डा. श्रृजना विष्ट, डा. अमित रञ्जन मिश्र, डा. तेजसु सिंह मल्ल र डा. युविन कुमार यादव छन्।
प्रगतिशील प्यानलबाट कुन पदमा कसको उम्मेदवारी
अध्यक्षमा डा. सन्तोष पौडेल, उपाध्यक्ष (प्रदेश १) मा डा. यज्ञराज खरेल, उपाध्यक्ष (मधेश प्रदेश) मा डा. महेश महासेठ, उपाध्यक्ष (गण्डकी प्रदेश) मा डा. विकास गौचन, उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश) मा डा. निरज अर्याल, महासचिवमा डा. रक्षा श्रेष्ठ, कोषाध्यक्षमा डा. अन्जना महर्जन र सदस्यहरुमा डा. अभियान गौतम, डा. पदम नेपाली, डा. स्मृती महत, डा. सुरेन्द्र यादव, डा. रमेश श्रेष्ठ र डा. कुम्भ जोशी छन्।
यस्तैगरी अध्यक्षमा डा. शिवजी सिलवालले एकल रुपमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उपाध्यक्ष प्रदेश १ मा डा. पार्थ गुरागाईं, उपाध्यक्ष मधेश प्रदेशमा डा. अजयकुमार मिश्र, उपाध्यक्ष बागमती प्रदेशमा डा. सञ्जयकुमार ठाकुर, उपाध्यक्ष सुदूरपश्चिमा डा. प्रवीणकुमार गिरीले पनि स्वतन्त्र रुपमा एकल उम्मेदवारी दिएका छन्।
यसैगरी, महासचिवमा डा. अमृत भुषाल, सदस्यहरुमा डा. चेतन बस्नेत र डा. मोहम्मद अनमुल हकले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।