काठमाडौं ,११ जेठ
विश्वव्यापी रूपमा फैलिँदै गएको नोबेल कोरोना अर्थाथ कोभिड १९ लाई रोकथाम तथा नियन्त्रण खटिने चिकित्सकहरु बाटोमा हिड्दा सजिलै पहिचान होस् भनेर चिकित्सक लेखिएको १०० थान ज्याकेट प्रदान गरिएको छ ।काठमाडौँको सानो भर्र्याङ्ममा रहेको स्वस्तिश्री गुरुकुल स्कुलले नेपाल मेडिकल एसोसिएशन लाई १०० सय थान ज्याकेट नि:सुल्क प्रदान गरेको छ ।
उक्त सामग्री नेपाल मेडिकल एसोसिएशनका महासचिब बद्रि रिजाल लाई स्वस्तिश्री गुरुकुल स्कुलको तर्फबाट समाजसेबी डा.लु:ज मानन्धरले हस्तान्तरण गर्नु भएको छ ।
स्वास्थ्य सामग्री बुझ्दै महासचिब डा. बद्रि रिजालले उक्त ज्याकेटको कारणले अहिलेको विषम परिस्थितिमा चिकित्सकहरु लाई उपचार गर्न अस्पताल जाने /आउने र चिकित्सकहरुलाई सबैले पहिचान गर्न सजिलो हुने बताए ।
विश्वभर फैलिएको कोरोना भाईरसलाई रोकथाम गर्नका लागि स्वस्तिश्री गुरुकुल स्कुलको तर्फ बाट सानो सहयोग गर्ने अवसर दिनु भएकोमा आभार ब्यक्त गर्नु भएको थियो ।उक्त अवसरमा डा .प्रदिप कोइराला ,डा.बिकाश के.सी. ,उमेश खत्री लगायत नेपाल मेडिकल एसोसिएशनका अधिकारिहरुको उपस्थिति रहेको थियो ।