काठमाडौँ, १९ कात्तिक २०८०
सरकारले भूकम्पमा परी मृत्यु भएका परिवारलाई दुई लाखका दरले राहत दिने निर्णय गरेको छ । यस्तै घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको छ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहत स्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिइन।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
उक्त भुकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा १५७ जनाको निधन भएको थियो।