काठमाडौं, २ असोज २०८१
नेपाल डेन्टल अनुसन्धान संगठनको (NADR) अध्यक्षमा डा. सुरज भक्त माथेमा निर्विरोध चयन भएका छन् ।
मङलबार नेपाल डेन्टल अनुसन्धान संगठन ( नेपाल डेन्टल रिसर्च संगठन) Nepal Association for Dental Research (NADR) ले तेश्रो कमिटिको अध्यक्षमा डा. माथेमालाई चयन गरेको हो।
सो कार्यक्रम यस संगठनको संस्थापक प्रा. डा. शैली प्रधानको अतिथित्वमा कान्तिपुर डेन्टल अस्पताल तथा रिसर्च सेन्टर, काठमाडौँमा गरिएको थियो ।
यो संगठन २०७५ साल फागुन महिनामा स्थापना गरिएको थियो । यस अनुसन्धान संगठन द्वारा सक्रिय रुपमा विभिन्न अनुसन्धानात्मक कार्यक्रम तथा तालिम प्रदान गर्दै आएको छ ।
त्यसैगरी नेपाल डेन्टल अनुसन्धान संगठनको दोश्रो कमिटिको पूर्व अधक्ष्य प्रा. डा. रबिन्द्र मान श्रेष्ठ द्वारा आफ्नो कार्यकालको बिस्तृत विवरण गर्दै यस संगठनको महत्वको बारेमा विचार ब्यक्त गर्नु भएको थियो । नेपालमा डेन्टल क्षेत्रमा अनुसन्धानको महत्व, उदयीमान डेन्टल नेपाली अनुसन्धानकर्ताहरु, उनीहरुको अनुसन्धान तर्फको बढ्दो आकर्षण र यस संगठनको भूमिकाको बारेमा पनि जानकारी तथा छलफल गर्नुभएको थियो ।
यो संस्था अन्तरास्ट्रिय डेन्टल अनुसन्धान संगठन, International Association for Dental Research (IADR) र दक्षिण एसियाको डेन्टल अनुसन्धान संगठनको (IADR- South East Asia) छाता संगठन भएको हुनाले नेपाली डेन्टल अनुसन्धान कर्ताहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा अनुसन्धानको अवसर तथा सहजीकरण गर्न सकिने भएको हुनाले आफ्नो कार्यकालमा सक्दो सहयोग गर्ने प्रतिबद्धता वर्तमान अधक्ष्य प्रा. डा. सुरज भक्त माथेले जानकारी दिनुभयो।
तेश्रो कार्यकालको कमिटिमा अधक्ष्यमा प्रा. डा. सुरज भक्त माथेमा, उपाध्यक्षमा प्रा. डा. दशरथ काफ्ले, सचिवमा डा. दिलिप प्रजापति, उपसचिवमा डा. सिजन पौडेल, कोषाध्यक्षमा प्रा.डा. सुनन्दा सुन्दास र उप कोषाध्यक्षकोषमा प्राडा. दीपशिखा बज्राचार्य चयन भएका छ्न।
त्यस्तैगरी सदस्यहरुमा डा. रेजिना श्रेष्ठ, डा. सिर्जना दाहाल, डा. अर्जुन हरि रिजाल र डा. प्रदिप भण्डारी नियुक्त भएका छन् ।