काठमाडौं , २८ असार
पछिल्लो चौविस घण्टामा देशभर थप ८२ जनामा कोरोना भाइरस (कोभिड – १९) संक्रमण देखिएको छ । देशका विभिन्न २५ वटा प्रयोगशालामा ३ हजार ९१६ जनाको पीसीआर परीक्षण गर्दा ८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा .जागेश्वर गौतमले चौबिस घण्टामा देशभर थप ८२ जनामा संक्रमण देखिएको जानकारी गराउनु भयो। यसरी अहिलेसम्म कुल संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ८ हजार ५८९ पुगेको छ ।