काठमाडौं , १२ श्रावण
पछिल्लो २४ घन्टामा ६ सय २६ जना कोरोना संक्रमित उपचारपछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।
नेपालमा निको हुने संक्रमितको संख्या १३ हजार ७ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन्।
पछिल्लो २४ घन्टामा नेपालमा थप १३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार ७ सय ५२ जना पुगेको छ।
नेपालमा हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ।