काठमाडौं , ३० असार
नेपालमा पछिल्लो चौविस घण्टामा थप ११६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ११६ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ३४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १० हजार ३२८ पुगेको छ ।
देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ६ हजार ६९५ जना उपचाररत छन् । भने क्वारेनटिनमा २४ हजार ७१६ जना रहेका छन् ।
देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।