काठमाडौं , २९ असार
नेपालमा चौविस घण्टामा देशभर थप १४४ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण हुँदा १७०५ जना डिस्चार्ज भएका छ्न।
पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा ५ हजार ८५६ वटा पीसीआर बिधिबाट गरिएको परीक्षणका क्रममा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १४४ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १ हजार ७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १० हजार २९४ पुगेको छ ।