काठमाडौं , ४ असार
नेपालमा आज नयाँ रेकर्ड कायम भएको छ । एकैदिन अर्थात पछिल्लो चौविस घण्टामा देशका विभिन्न जिल्लाका थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा . जागेश्वर गौतमले चौबिस घण्टामा ६७१ जनामा संक्रमण देखिएको बताए । जसमा ६० जना महिला र ५९१ जना पुरुष हरेका छन् ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । जसमा ६१९ जना महिला र ७ हजार २२९ जना पुरुष छन् ।
मन्त्रालयका अनुसार संक्रमित हुने जिल्लाहरु ७३ रहेका छन् ।पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।
यो सहित डिस्चार्ज हुनेको संख्या १ हजार १८६ पुगेको छ। जसमा महिला ११४ र १ हजार ७२ जना पुरुष छन् ।
यसअघि बुधवार (हिजो) ५८६ जनामा कोरोना संक्रमण देखिएको थियो ।
अहिलेसम्म मृत्यु हुनेको संख्या भने २२ पुगेको छ । पछिल्लो चौबीस घण्टामा २ जनाको मृत्यु भएको छ।