काठमाडौं,१५ असोज २०७७
पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा नौ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा आठ सय १७ जना, ललितपुरमा ६८ जना र भक्तपुरमा ५८ जनालाई कोरोनाको सङ्क्रमण देखिएको हो । योसँगै काठमाण्डौ उपत्यकामा कोराना सङ्क्रमितको सङ्ख्या २५ हजार एक सय तीन पुगेको छ ।
काठमाण्डौमा २० हजार तीन सय ९३ जना, ललितपुरमा दुई हजार पाँच सय २५ र भक्तपुरमा तीन हजार एक सय ८५ सङ्क्रमित पुगेका छन् ।
गएको २४ घण्टामा देशभर एक हजार नौ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
घण्टामा नाै सय ६१ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ५७ हजार तीन सय ८९ पुगेको छ ।
अब नेपालमा २१ हजार आठ सय ३० जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच हजार ७७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय नाै पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।