काठमाडौँ ,३२ श्रावण २०७७
काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै १७२ जनामा कोरोनाको पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १२६ भक्तपुरमा २६ र ललितपुरमा २० जनामा कोरोनाको पुस्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो। तर काठमाडौं उपत्यकामा कुन ठाउँमा हो भनि ठेगाना खुलाउन भएको छैन।
पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन् ।
यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।
देशभर अहिलेसम्म कोरना भाइरसको कारणले मृत्यु हुनेको संख्या १०४ पुगेको छ।